• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू


  •   शुक्रबार, मङि्सर २०, २०८२ मा प्रकाशित
  • भालुबाङ। दाङको राप्ती गाउँपालिका–६ पत्थरगढवामा तीन वर्षअघि सामूहिकरूपमा शुरु गरिएको लक्ष्मी दुना–टपरी उद्योग अहिले स्थानीय महिलाहरूको आम्दानीको स्रोत बनेको छ ।
    राप्ती गाउँपालिका र वडा कार्यालयले आत्मनिर्भरता अभिवृद्धिका लागि आवश्यक तालिम र उपकरण प्रदान गरेपछि उनीहरू सामूहिकरूपमा उद्योग सञ्चालन गरी स्वरोजगार बन्न थालेका हुन् । वातावरणमैत्री उत्पादनमार्फत् आत्मनिर्भर बन्न सफल उनीहरू घरखर्च सञ्चालनदेखि बजार विस्तारसम्म सशक्तरूपले सक्रिय देखिएका छन् । सालका पात संकलन गरी उत्पादन हुने दुना–टपरी बिक्रीबाट महिलाहरूले आम्दानी थालेका हुन् । यसले विपन्न परिवारको जीवनस्तर सुधारसँगै प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउन सहयोग पुगेको स्थानीयवासीहरू बताउँछन् ।
    १० जना महिलाहरुले मिलेर सञ्चालन गरेको उद्योग दैनिक रूपमा उत्पादनमा व्यस्त छ । ‘एक दिन जंगलबाट संकलन गर्ने पातले चार–पाँच दिनसम्म उत्पादन गर्न पुग्छ’– समूहकी अध्यक्ष सरस्वती चौधरीले भन्नुभयो– ‘यसले महिलाहरूलाई आफ्नै मेहनतमा घर खर्च चलाउन सजिलो भएको छ ।’ उद्योगमा उत्पादन हुने दुना साइजअनुसार प्रतिपिस एक रुपैयाँ ५० पैसादेखि तीन रुपैयाँ ५० पैसा र टपरी छ रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । गत कार्तिक महिनामा मात्रै २२ हजार सात सय रुपैयाँ बराबरको बिक्री भएको समूहले जनाएको छ । गत वर्ष उद्योगले करिब एक लाख १० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष चौधरीले बताउनुभयो ।
    यद्यपि, उत्पादनका लागि उपलब्ध एक मात्र मेसिनले बढ्दो माग पूरा गर्न नसकिरहेको महिलाहरूको गुनासो छ । ‘माग धेरै छ, तर एउटा मेसिन दिनभर चलाएर पनि पुग्दैन’– अध्यक्ष चौधरीले भन्नुभयो– ‘प्लास्टिकका दुना–टपरीसँग प्रतिस्पर्धा गर्नु पनि चुनौती भएको छ ।’ पूजाआजा, विवाह, ब्रतबन्धलगायत धार्मिक तथा सामाजिक कार्यक्रमका लागि सालका पातबाट बनेका सामग्री ‘शुद्ध’ मानिने भएकाले दुना–टपरीको माग निरन्तर बढ्दो छ । यहाँ उत्पादन हुने सामग्री स्थानीय बजारसँगै बाँके र बर्दियासम्म आपूर्ति हुँदै आएको समूहकी सदस्य गीता चौधरीले जानकारी दिनुभयो ।
    राप्ती गाउँपालिका उद्यम विकास शाखा प्रमुख विनिता चौधरीले गाउँपालिकाअन्तर्गत रहेका उद्योगका प्रगति, चुनौती तथा आवश्यकताबारे पालिकाले समयमा–समयमा उद्योगमै पुगेर प्रत्यक्ष संवाद गर्दै आएको बताउनुभयो । उनीहरू जस्तै गाउँपालिकाको सहयोगमा वडा नं. ३ मसुरिया र वडा नं. ८ बिजौरीका महिलाहरूले पनि सामूहिक रूपमा दुना–टपरी उद्योग सञ्चालन गर्दै आएको शाखा प्रमुख चौधरीले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत् बजार विस्तार भइरहेको समूहहरूले बताएका छन् । गाउँमा केही हुँदैन भन्दै विदेशिने युवाहरूका लागि यस्ता प्रयासहरूले स्वदेशमै सीप र उद्यमशीलताबाट राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गरेको राप्ती गाउँपालिकाले जनाएको छ ।

    Advertisement

    शुक्रबार, मङि्सर २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation