• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’


  •   बिहिबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराई ले मधेस प्रदेशमा पार्टीको समसामयिक राजनीतिक सङ्कट र आगामी कार्यदिशाबारे गम्भीर हुन आह्वान गर्नु भएको छ ।
    सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले संविधान जारी भए पछि मधेस प्रदेशमा एमालेले भोगेका कठिनाइ र त्यसपछि पार्टीले गरेको पुनरुत्थानको कामकाे समीक्षा गर्नु भएको छ। २०७२ असोज ३ पछि केही वर्ष मधेसका लागि एमालेलाई चुनौतीपूर्ण रहेको र तत्कालीन परिस्थितिमा पार्टीमाथि विभिन्न आक्रमण, नेता-कार्यकर्ताप्रति लक्षित हिंसा तथा पार्टी कार्यालयमाथि पटक–पटक आक्रमणका घटना हुँदा पनि पार्टीले अन्ततः ठोस एकता र मेहनतका कारण पुनर्स्थापनामा सफलता हासिल गरेको भट्टराईले उल्लेख गर्नु भएको छ ।
    उहाँले पछिल्लो संसदीय र स्थानीय निर्वाचनमा मधेस प्रदेशमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट तथा प्रदेशसभामा २५ सिटका साथ एमाले पहिलो पार्टी बनेको स्मरण गराउनुभएको छ। यो उपलब्धिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई उहाँले मुख्य योगदानका रूपमा व्याख्या गर्नुभएको छ । यी उपलब्धिहरूलाई ‘पार्टी अध्यक्षको मिहिनेत र सूक्ष्म व्यवस्थापनको फसल’ भन्दै उहाँले प्रशंसा गर्नु भएको छ । भट्टराईले पार्टीभित्रका अन्य केन्द्रीय तथा तहगत नेताहरू सचिव रघुवीर महासेठ र तहगत कमिटीहरूको भूमिका पनि उल्लेख गर्नुभएको छ। ‘मधेसमा पार्टीले प्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जान्छ, उहाँले मसिनो ढङ्गले मधेसको कामको व्यवस्थापन तथा व्यक्ति/ व्यक्तिको खटनपटन गर्नु भएको थियो, पार्टी सचिव रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरू लगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ’, भट्टराई ले लेख्नु भएको छ ।

    Advertisement

    उहाँले फेसबुक स्ट्याटसमा आफैँले करिब पन्ध्र महिना मधेस प्रदेशको इन्चार्जको रूपमा काम गरेको अनुभव राख्दै सो अवधिमा प्रदेश तथा जिल्ला अधिवेशन, सदस्यता व्यवस्थापन र जनसंगठनको काममा राम्रो प्रगति भएको उल्लेख गर्नु भएको छ। यसले पार्टी कार्यकर्ताको समन्वय र संगठनिक पुनर्निर्माणमा विशेष योगदान पुगेको उहाँको धनाइ छ।

    विषम परिवेशका बाबजुद हाल मधेस प्रदेशको संसदीय फाँटमा एमालेले ठुलो धक्का खेपेको र पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले हालको राजनीतिक संकटमा प्रदेश प्रमुखको बर्खास्तकी, सभामुख हटाइनु मुख्यमन्त्रीको पद सम्बन्धी मुद्दा अदालतमा पुगेको अवस्था उल्लेख गर्दै यी घटनालाई राजनीतिक रूपमा पार्टीका लागि चुनौतीपूर्ण भएको टिप्पणी गर्नुभएको छ।
    ‘यो सबै किन र कसका कारणले भयो ?’ यो प्रश्नमा गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ छ। विशेष गरी मधेसमा पार्टी अध्यक्ष केपी ओलीले गरेको मिहिनेतप्रति कसले र किन खेलबाड गरे भन्ने विषयमा जाँच र विश्लेषण आवश्यक भएकोमा उहाँले जोड दिनु भएको छ। मधेसमा पार्टीभित्र अहिले तीव्र अन्तर्विरोध रहेको र पार्टी राजनीतिक रूपमा एक्लिएको अवस्थाले आआफ्नो भूमिका र जिम्मेवारी पुनरावलोकन गर्नुपर्ने अवस्था आएको उहाँको धारणा छ ।
    उहाँले मधेसमा पार्टीको आन्तरिक अवस्था मूल्याङ्कनका लागि ‘सोसल अडिट’को माग समेत राख्नु भएको छ । जसमा पार्टीको जनआधार बिस्तार, आन्तरिक एकता सुदृढीकरण र सामाजिक छवि सुधार्ने उपायहरू आलोचनात्मक रूपमा समावेश हुनुपर्ने उहाँको सुझाव छ। यो सन्दर्भमा मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टी अध्यक्षसमक्ष गम्भीर विचारार्थ अनुरोध गर्नु भएको छ ।

    बिहिबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation