• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

लोकप्रिय समाचार

  • १. क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

  • २. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ३. लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

  • ४. सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

  • ५. कांग्रेस नेता पोखरेलद्वारा नियमित महाधिवेशनको पाँच बुँदे प्रस्ताव

  • ६. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ७. स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

  • ८. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ९. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • १०. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद


  •   शुक्रबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
  • गढवा। तिहार नजिकिएसँगै दाङ देउखुरीको गढवा गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिइएको छ। चाडपर्वको बेला अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरूको बिक्री वितरण बढ्ने र उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार अनुगमनलाई कडाइ गरिएको हो।
    अनुगमनसँगै बजार क्षेत्रका सडकपेटीमा फलफूल, तरकारी तथा अन्य सामान राखी बिक्री वितरण गर्ने व्यवसायीलाई सडक खाली गर्न निर्देशन दिइएको छ।
    गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालका अनुसार, चाडपर्वको समयमा म्याद सकिएका वस्तु ग्रामीण बजारमा पठाउने जोखिम रहने भएकाले पालिकास्तरमै निगरानी कडा पारिएको हो। अनुगमनका क्रममा विभिन्न पसलहरूमा म्याद गुज्रिएका सामान र लेबलविहीन उत्पादनहरू भेटिएका छन्।
    पौड्यालले तिहार अवधिभर मासु पसल, मिठाई पसल र खाद्य व्यवसायहरूमा विशेष निगरानी राखिने बताउनुभयो। उहाँका अनुसार, उपभोक्ताको स्वास्थ्य सुरक्षा सबैको जिम्मेवारी भएकाले यस अभियानमा सबै पक्षको सहकार्य आवश्यक छ।
    गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले स्वच्छ बजार र स्वस्थ उपभोक्ता बनाउन व्यवसायीलाई सचेत गराउँदै तालिम दिने र अनुगमनमा निरन्तर सहकार्य गर्ने योजना रहेको बताए। उहाँले भने, “निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड हो। कर छल्ने, व्यवसाय दर्ता नगर्ने वा उपभोक्ता ठग्ने कसैलाई पनि छुट छैन। म्याद सकिएका वस्तु बिक्री गर्ने अपराधको अन्त्य गर्नैपर्छ।”
    त्यस्तै, गाउँपालिका संघ संस्था शाखाका प्रमुख सुरेश पौडेलले मापदण्ड विपरीत सञ्चालन भइरहेका, मूल्यसूची र साइनबोर्ड नराख्ने, दर्ता तथा नविकरण नगर्ने व्यापारीलाई तत्काल सम्बन्धित वडा वा पालिकामा सम्पर्क गरी आवश्यक कागजात मिलाउन निर्देशन दिएको जानकारी दिनुभयो।
    गढवा गाउँपालिका वडा नं. ६ को बजार क्षेत्रमा शुक्रबार मात्र २८ वटा पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद गुज्रिएका सामान, र मापदण्ड विपरीत सञ्चालन भएका पसलहरूमा आवश्यक कारवाहीका साथै सडकपेटीमा बिक्री गर्नेहरूलाई कार्तिक १ गतेभित्र सडक खाली गर्न निर्देशन दिइएको हो।
    बजार अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगर, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, होटल व्यवसायी संघका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी जवान, नगर प्रहरी तथा विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता थियो।
    यसैबीच, शुक्रबार वडा कार्यालयमा गढवा गाउँपालिकाका जनप्रतिनिधि र सडकपेटीमा सामान राखी बिक्री वितरण गर्ने व्यापारीबीच छलफल भएको छ। छलफलमा असोज ३१ र कार्तिक १ गतेभित्र स्टक भएका सामान बिक्री गरी कार्तिक २ गते आइतबारदेखि सडकपेटी खाली गर्ने सहमति गरिएको छ।
    छलफलमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगर, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, व्यापारी तथा सरोकारवाला पक्षहरूको उपस्थितिमा उक्त निर्णय गरिएको हो।

    Advertisement

    शुक्रबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु
    सरुमारानीबाट दशैं लक्षित ४० लाखका खसी-बोका बिक्री
    भालुबाङमा लालमटिया सुसमाचार मण्डलीको भवन उद्घाटन
    गढवामा खसीबोकाको सामूहिक बजारीकरण, किसानलाई सहजता
    लुङ्ग्री गाउँपालिकाले आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु
    बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    लोकप्रिय

    • १.
      क्याफे कवितामा रसिक राज र विद्याश्री जिते

    • २.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ३.
      लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

    • ४.
      सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

    • ५.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ६.
      कांग्रेस नेता पोखरेलद्वारा नियमित महाधिवेशनको पाँच बुँदे

    भर्खरै

    • १.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    • २.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • ३.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

    • ४.
      गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

    • ५.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    • ६.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

    • ७.
      कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

    • ८.
      लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation