• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद


  •   शुक्रबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
  • गढवा। तिहार नजिकिएसँगै दाङ देउखुरीको गढवा गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिइएको छ। चाडपर्वको बेला अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरूको बिक्री वितरण बढ्ने र उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार अनुगमनलाई कडाइ गरिएको हो।
    अनुगमनसँगै बजार क्षेत्रका सडकपेटीमा फलफूल, तरकारी तथा अन्य सामान राखी बिक्री वितरण गर्ने व्यवसायीलाई सडक खाली गर्न निर्देशन दिइएको छ।
    गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालका अनुसार, चाडपर्वको समयमा म्याद सकिएका वस्तु ग्रामीण बजारमा पठाउने जोखिम रहने भएकाले पालिकास्तरमै निगरानी कडा पारिएको हो। अनुगमनका क्रममा विभिन्न पसलहरूमा म्याद गुज्रिएका सामान र लेबलविहीन उत्पादनहरू भेटिएका छन्।
    पौड्यालले तिहार अवधिभर मासु पसल, मिठाई पसल र खाद्य व्यवसायहरूमा विशेष निगरानी राखिने बताउनुभयो। उहाँका अनुसार, उपभोक्ताको स्वास्थ्य सुरक्षा सबैको जिम्मेवारी भएकाले यस अभियानमा सबै पक्षको सहकार्य आवश्यक छ।
    गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले स्वच्छ बजार र स्वस्थ उपभोक्ता बनाउन व्यवसायीलाई सचेत गराउँदै तालिम दिने र अनुगमनमा निरन्तर सहकार्य गर्ने योजना रहेको बताए। उहाँले भने, “निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड हो। कर छल्ने, व्यवसाय दर्ता नगर्ने वा उपभोक्ता ठग्ने कसैलाई पनि छुट छैन। म्याद सकिएका वस्तु बिक्री गर्ने अपराधको अन्त्य गर्नैपर्छ।”
    त्यस्तै, गाउँपालिका संघ संस्था शाखाका प्रमुख सुरेश पौडेलले मापदण्ड विपरीत सञ्चालन भइरहेका, मूल्यसूची र साइनबोर्ड नराख्ने, दर्ता तथा नविकरण नगर्ने व्यापारीलाई तत्काल सम्बन्धित वडा वा पालिकामा सम्पर्क गरी आवश्यक कागजात मिलाउन निर्देशन दिएको जानकारी दिनुभयो।
    गढवा गाउँपालिका वडा नं. ६ को बजार क्षेत्रमा शुक्रबार मात्र २८ वटा पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद गुज्रिएका सामान, र मापदण्ड विपरीत सञ्चालन भएका पसलहरूमा आवश्यक कारवाहीका साथै सडकपेटीमा बिक्री गर्नेहरूलाई कार्तिक १ गतेभित्र सडक खाली गर्न निर्देशन दिइएको हो।
    बजार अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगर, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, होटल व्यवसायी संघका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी जवान, नगर प्रहरी तथा विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता थियो।
    यसैबीच, शुक्रबार वडा कार्यालयमा गढवा गाउँपालिकाका जनप्रतिनिधि र सडकपेटीमा सामान राखी बिक्री वितरण गर्ने व्यापारीबीच छलफल भएको छ। छलफलमा असोज ३१ र कार्तिक १ गतेभित्र स्टक भएका सामान बिक्री गरी कार्तिक २ गते आइतबारदेखि सडकपेटी खाली गर्ने सहमति गरिएको छ।
    छलफलमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगर, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, व्यापारी तथा सरोकारवाला पक्षहरूको उपस्थितिमा उक्त निर्णय गरिएको हो।

    Advertisement

    शुक्रबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation