प्युठान । सरुमारानी गाउँपालिकाले प्लाष्टिकजन्य फुलमालको बिक्री र वितरणमा रोक लगाएको छ। प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काका अनुसार, यस्ता फुलमालले वातावरण प्रदूषण बढाउने र मानव स्वास्थ्यमा असर पार्ने भएकाले रोक लगाइएको हो।
गाउँपालिकाले पुष्पखेती प्रबर्द्धन र वातावरण संरक्षणका लागि प्लाष्टिक फुलमालको प्रयोग रोक्नुपर्ने जनाएको छ। नजिकिँदै गरेको तिहार पर्वलाई ध्यानमा राख्दै, सयपत्री र मखमली जस्ता प्राकृतिक फूलको बिक्री–वितरणको आवश्यक व्यवस्था मिलाइएको छ।
खड्काले भने, “हामीले स्वदेशी फूलको उत्पादनलाई प्रोत्साहित गर्दै पर्वमा वातावरणमैत्री अनुभव सुनिश्चित गर्ने प्रयास गरेका छौँ।”
Advertisement