• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • गुल्मी । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा नेपाली कांग्रेस गुल्मीले विशेष कार्यक्रमको आयोजना गर्दै पार्टीको आगामी यात्रा विशेष महाधिवेशनमार्फत अघि बढाउनुपर्ने माग गरेका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी कार्यकर्ताहरूले पार्टीभित्र बढ्दो अन्योल, संगठनात्मक कमजोरी तथा नीति र नेतृत्वमा स्पष्टता आवश्यक रहेको जनाउँदै विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् ।
      पार्टीको मूल नीतिलाई पुनः परिभाषित गर्न, अनुशासन कायम गर्न र कार्यकर्ताको भावना अनुसार नेतृत्व चयन गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताएका थिए । कार्यकर्ताहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीको हालको दिशाहीन अवस्था सुधार्न विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको उल्लेख गरेका छन् । साथै युवापुस्ताको सहभागिता बढाउने र संगठनलाई थप सक्रिय बनाउने खाका समेत उक्त महाधिवेशनमार्फत प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् ।
      कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका स्थानीय नेताहरूले संविधान दिवसको ऐतिहासिक महत्वबारे चर्चा गर्दै लोकतन्त्रको रक्षा र संविधानको सफल कार्यान्वयनमा कांग्रेसको अग्रणी भूमिका रहेको स्मरण गराएका थिए । ‘वर्तमान परिस्थितिको सम्बोधन, काँग्रेसको विशेष महाधिवेशन’ भन्ने नारा सहित शुक्रबार तम्घास बजारमा प्रभातफेरि गरिएको थियो ।
       जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको कांग्रेस गुल्मीको पार्टी कार्यालय परिसरबाट जिल्ला स्तरका नेता कार्यकर्ताले प्रभातफेरि गरेका हुन् । विभिन्न खालका नारा लेखिएका प्लेकार्डसहित बजार परिक्रण पश्चात कार्यक्रम सहिद चोकमा पुगेर समापन गरिएको थियो।
    प्रभातफेरिमा हाल देशमा भइरहेको पछिल्लो घटनाक्रमलाई सम्बोधन गर्ने उद्देश्यका नाराहरू प्लेकार्डमार्फत प्रदर्शन गरिएको थियो । र्यालीपछि जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित कोणसभामा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले सहिद शम्सेर बहादुर खत्रीको शालिकमा माल्यार्पण गर्दै सम्बोधन गरेका थिए ।
       उनले ०४६ सालपछि लाभको पदमा बसेकाको सम्पत्ति छानबिन हुनैपर्ने बताए । पन्थीले अरबौँको सम्पत्ति क्षति र निजी क्षेत्रको अवस्थाबारे चिन्ता व्यक्त गर्दै घुसपैठ गर्नेहरूमाथि कानुनी कार्वाही गर्न जोड दिए ।
        उनले काँग्रेसको नेतृत्वले संविधानलाई जोगाउनेतर्फ स्पष्ट प्रतिबद्धता जनाएको उल्लेख गरे । पन्थीले वर्तमान कठिन परिस्थितिमा संविधानको रक्षा गर्नेतर्फ राष्ट्रपतिको भूमिकाको प्रशंसा गरे ।
       उनले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न सबै दलबीच एकता आवश्यक रहेको उल्लेख गर्दै काँग्रेसले युवाको नेतृत्वलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । यसैबीच जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका होनहार युवाहरूको सम्झनामा काँग्रेस गुल्मीले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम पनि तय गरेको छ।
        सो क्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १३ औं दिनको पुण्यतिथिमा भोली शनिबार बेलुका सहिद चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने गुल्मी कांग्रेस सचिव भगतसिंह खड्काले बताए ।
     संविधान दिवसको अवसरमा जिल्ला सदरमुकाम तम्घासमा अरु कुनै पनि संघ संस्थाबाट औपचारिक कार्यक्रम भने गरेको पाइएन । 

    Advertisement

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation