• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • दाङ- लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ । भदौ २०, २१ र २२ गते तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो । आइतबार साँझी, प्रभातफेरी र मूल समारोह आयोजना गरिएको थियो ।
    प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता तथा सभामुख तुलाराम घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्बोधन गर्दै सभामुख घर्तिले सरकारको मेरुदण्ड निजामती सेवा भएको बताउनुभयाे । उहाँले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्यले नै विकास र समृद्धिको चाहना पूरा गर्न सकिने उल्लेख गर्नुभयो ।`सरकारको मेरुदण्ड निजामती सेवा हो । हामी सबैको सपना विकसित र समृद्ध देश हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय आवश्यक छ´उहाँले भन्नुभयाे-` राजनीतिक नेतृत्वले देखेको सपना र नीति पूरा गर्ने दृढता निजामती सेवाले लिन सक्नुपर्छ ।´
    कार्यक्रममा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी र युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको र सहमति र सहकार्यबाट मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनुभयो । प्रमुख सचिव बाबुराम अधिकारीले निजामती सेवालाई प्रभावकारी, सिर्जनशील र व्यवसायिक बनाउन सके सबैको जीत हुने बताउनुभयो ।
    नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीका अध्यक्ष नेत्रप्रसाद आचार्यले सार्वजनिक प्रशासनलाई अझै सुधार गर्न आवश्यक रहेको बताउँदै विकास, समृद्धि र सुशासनका लागि यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कानुनमा एकरूपता र व्यवस्थितता आवश्यक रहेको र तीन तहमा कार्यरत कर्मचारीबीच भावनात्मक एकता हुनुपर्नेमा जाेड दिनुभयो ।
    नेपाल निजामती कर्मचारी यूनियन लुम्बिनीका अध्यक्ष बामदेव शर्माले संघीय निजामती सेवा ऐन नआउँदा कर्मचारीको वृत्ति विकासमा अनिश्चितता देखिएको उल्लेख गर्दै तत्काल संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने माग गर्नुभयो ।

    Advertisement

    उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार

    निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार, प्रदेश निजामती सेवा पुरस्कार र कार्यसम्पादनमा उत्कृष्ट ९ जनालाई सम्मान गर्नेगरी नामावली सार्वजनिक गरिएको छ । प्रमुख सचिव तथा पुरस्कार सिफारिस समितिका अध्यक्ष बाबुराम अधिकारीले नामावली सार्वजनिक गर्नुभएको हो ।
    उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा र आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखा अधिकृत रविन्द्र अर्याललाई प्रदान गरिनेछ ।
    त्यसैगरी, उत्कृष्ट निजामती सेवा पुरस्कार वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईं, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इञ्जिनियर अरुण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन निरीक्षक मनोजकुमार श्रेष्ठ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत शिवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ ।
    यस्तै, मन्त्रालयबाट सिफारिस भई कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका पुरातत्व अधिकृत कृष्णचन्द्र गिरी र स्वास्थ्य मन्त्रालयकी वरिष्ठ पब्लिक हेल्थ नर्स सीता कुवरलाई सम्मान गरिने भएको हो ।संविधान दिवसकाे दिन उक्त सम्मान प्रदान गरिने जनाएको छ ।
    मूल समारोहमा विभिन्न समुदायका झाँकी प्रदर्शन गरिएको थियो भने कर्मचारीहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation