रुपन्देही — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यका हरेक निकायमा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै यसको अन्त्यका लागि सबै देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएका छन्। शनिबार देवदहमा आयोजित नगर अधिवेशनमा उनले स्वदेशमै रोजगार सिर्जना नगरेसम्म युवाको विदेश पलायन रोक्न नसकिने उल्लेख गर्दै, “गणतन्त्रको नाममा लुटतन्त्र हाबी भएको छ,” दाबी गरे। उनले राजसंस्था सहितको हिन्दु राज्य र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अघि सार्ने प्रतिबद्धता जनाए।
अधिवेशनले झगरीलाल शर्माको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा वरिष्ठ उपाध्यक्ष अनिरुद्र प्रसाद चौधरी, खुला उपाध्यक्ष मन कुमारी सुनार, महिला उपाध्यक्ष रोशनी पासी, सचिव शंकर थापा क्षेत्री, कोषाध्यक्ष निरु न्यौपाने र सह–सचिव दुर्गा बगाले निर्वाचित भएका छन्।
गणतन्त्रको नाममा लुटतन्त्र हाबी भएको छ : अध्यक्ष लिङ्देन
गणतन्त्रको नाममा लुटतन्त्र हाबी भएको छ : अध्यक्ष लिङ्देन

Advertisement
तपाईको प्रतिक्रिया