रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनामुक्त माग जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेको छ।
न्यायाधीश नारायण सापकोटाको इजलासले सोमबार आदेश जारी गर्दै सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको रिहाई सम्भव नभएको ठहर गरेको हो। उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाउँदै कारागारबाट छुटाउन माग गरेका थिए।
अदालतले मुद्दाको प्रकृति र कानुनी आधार हेर्दा माग अस्वीकार गरेको हो। गत चैत २२ गते उच्च अदालतको आदेशपछि लामिछाने भैरहवा कारागारमा छन्।
Advertisement