दाङ। गढवा गाउँपालिका–२ डाँडागाउँका दशकौँदेखि बसोबास गर्दै आएका भूमिहिन दलित र सुकुम्बासीले पहिलोपटक लालपुर्जा पाएपछि भावुक भएका छन्। शुक्रबार आयोजित कार्यक्रममा १० जना बासिन्दालाई जग्गा स्वामित्व प्रमाणित गर्ने लालपुर्जा वितरण गरिएको हो।गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता र भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।लालपुर्जा प्राप्त गरेपछि टुल्की विश्वकर्मा, तारा पुन, पदमप्रसाद शाहलगायतका स्थानीयवासीले लामो समयदेखि आश्वासन मात्रै पाइरहेको पीडा सुनाउँदै अब सपना साकार भएको प्रतिक्रिया दिए।भूमिहिनका लागि यो कागजी प्रमाण मात्र नभई कानूनी हैसियत र सामाजिक गरिमाको प्रमाण भएको भूमि संयोजक सञ्जित पौडेलले बताए।भूमि आयोगका अध्यक्ष रिजालले चालु आर्थिक वर्षमै ७७ वटै जिल्लामा ५ लाख भूमिहिनलाई पूर्जा वितरण गर्ने लक्ष्य रहेको बताए। उनले भूमिसम्बन्धी कानूनी अड्चन क्रमशः समाधान हुँदै गएको जनाए।कार्यक्रममा भूमिसम्बन्धी काममा योगदान दिने व्यक्तिहरूलाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो।
गढवामा भूमिहिनलाई लालपुर्जा वितरण
गढवामा भूमिहिनलाई लालपुर्जा वितरण

Advertisement
तपाईको प्रतिक्रिया