कपिलवस्तु — पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोरुसिंगे जंगलमा एम्बुलेन्स र बिंगर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
सोमबार साँझ करिब ४ बजे अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको एम्बुलेन्स र चन्द्रौटातर्फ जाँदै गरेको लु १ ज ४२८० नम्बरको बिंगर एकआपसमा ठोक्किएका हुन्।।दुर्घटनामा परेकी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ की ९५ वर्षीया ईन्द्रकला रानाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको कपिलवस्तु सामुदायिक अस्पताल, युनाइटेड अस्पताल र सि एण्ड सि हस्पिटलमा उपचार भइरहेको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Advertisement