दाङ । दुर्लभ वन्यजन्तु बाघको छालासहित तीन जना पक्राउ परेका छन्। दाङको गढवा गाउँपालिका–६ खवरी गाउँमा छापा मारेर प्रहरीले बाघको छालासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशन राज पाण्डेयको नेतृत्वमा गएको टोलीले असार २२ गते राति करिब २ बजे खवरी गाउँमा छापा मारेको थियो। सो क्रममा बिक्रम बुढामगरको घरमा लुकाएर राखिएको बाघको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख चक्र बहादुर शाहले जानकारी दिए।
उनका अनुसार छालाको लम्बाइ ९ फिट २ इञ्च र चौडाइ ३ फिट २ इञ्च छ। रातो झोलाभित्र लुकाएर राखिएको उक्त छालासहित बिक्रम बुढामगरसहित अन्य दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ गुरुङखोला निवासी ५३ वर्षीय केशव राज सेन ठकुरी, बारबर्दिया नगरपालिका–४ पदनाह निवासी ३३ वर्षीय अनिल थारु र घटनास्थलका घरधनी ४१ वर्षीय बिक्रम बुढामगर रहेका छन्।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
दाङमा बाघको छालासहित तीन जना पक्राउ
दाङमा बाघको छालासहित तीन जना पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया