गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका–६ क्वाङ्दीस्थित शान्तिपुर–चोरकाटे पक्की सडक खण्डमा भलसहितको पहिरो खस्दा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ।
सोमबार साँझ करिब ५ः३० बजेको समयमा माथिबाट खसेको पहिरोका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । सडक अवरुद्ध हुँदा साना तथा ठूला सवारीहरू पूर्णरूपमा रोकिएका छन्।
सडक खुलाउने कार्यका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको छ । अवरुद्ध स्थानमा ईलाका प्रहरी कार्यालय चन्द्रकोट गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) तारा प्रसाद खनालको कमाण्डमा आठ जना प्रहरी टोली परिचालित गरिएको छ। टोलीले तत्काल पहिरो हटाउने कार्यमा खटिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण पहिरो जाने क्रम बढिरहेको हुँदा स्थानीय प्रशासनले सावधानी अपनाउन र अत्यावश्यक नपरेसम्म यात्रा नगर्न सर्वसाधारणमा आग्रह समेत गरेको छ।
पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध
पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध

Advertisement
तपाईको प्रतिक्रिया