बाँके — रातभर पानी परेपछि घरै बग्ने डरले निन्द्रा हराउँथिन्, राप्तिसोनारी गाउँपालिका–७ की फूलमती आर्या। अब भने उनलाई निद्रा सुत्न बाधा पुग्दैन। कारण — गाउँपालिकाले जडान गरेको साइरन प्रणाली।
“साइरन बजेपछि तत्काल झोला बोकेर अग्लो ठाउँ पुगिहाल्छु,” उनले भनिन्, “पहिलेजस्तो डर लाग्दैन।”
अनारकला धोबीले नागरिकता, लालपुर्जा र प्रमाणपत्रसहितको झोला तयारी अवस्थामा राख्ने गरेकी छन्। साइरनको सूचना पाउनेबित्तिकै उनले त्यो झोला बोकेर सुरक्षित स्थानमा पुग्ने गर्छिन्।
स्थानीय अगुवा फारुक अलीका अनुसार साइरन प्रणालीले समयमा चेतावनी दिने भएकाले जोखिम घटेको छ। “अब भागाभाग गर्नु पर्दैन,” उनले भने, “संगठितरूपमा सुरक्षित स्थानमा जान सकिन्छ।”
वडा अध्यक्ष रामलखन चौधरी भन्छन्, “साइरन प्रणालीपछि बाढीको असरमा कमी आएको छ। पूर्वसूचना प्रणाली प्रभावकारी भएको छ।” दुई वर्षअघि सुरु गरिएको यो प्रणाली अहिले जोखिम न्यूनीकरणमा स्थानीयका लागि भरपर्दो उपाय बनेको छ।
साइरनले बाढी जोखिमबाट सुरक्षा
साइरनले बाढी जोखिमबाट सुरक्षा

Advertisement
तपाईको प्रतिक्रिया