काठमाडौं — रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सम्बन्धी विवाद अन्ततः समाप्त भएको छ। उच्च अदालत पाटनले दायर गरिएको दुवै रिट खारेज गर्दै स्ववियुलाई पूर्ण वैधानिकता दिएको छ।
बिनोद राज जोशी र रविन राज खत्रीले दायर गरेका रिटमा सुनुवाइ गर्दै अदालतले स्ववियु गठनमा समावेश नगर्ने र प्रक्रियागत त्रुटि भएको दाबीलाई खारेज गरेको हो। नेवि संघ निकट असन्तुष्ट समूहले जानकारी नदिइ स्ववियु समिति घोषणा गरेको आरोप लगाएका थिए।
तर अदालतले स्ववियु खारेज गर्नु पर्ने कुनै कानुनी आधार नभएको ठहर गर्दै विवाद मिलेको जनाएको छ। यससँगै सभापति लोकेश कुमार खड्का र सचिव शैलेन्द्र उपाध्यायको नेतृत्वमा रहेको स्ववियुले आफ्ना कार्यकाललाई विधिवत रूपमा जारी राख्नेछ।
अघिल्लो समय स्ववियु गठन प्रक्रियामा देखिएका असहमति र विवाद अदालतको स्पष्ट फैसलासँगै टुङ्गिएका हुन्। विद्यार्थी नेताहरुले अब संघले आफ्नो नियमित क्रियाकलापमा बाधा नपर्ने प्रतिक्रिया दिएका छन्।
आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य
आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

Advertisement
तपाईको प्रतिक्रिया