प्युठान — प्यूठान नगरपालिकाले दरबन्दी मिलानको नाममा २१ जना शिक्षकको सरुवा गरेपछि पेशागत संगठनहरुले आपत्ति जनाएका छन्। दरबन्दी मिलान कार्यदलको निर्णय कार्यान्वयन गर्दा आफ्ना प्रतिनिधिलाई बेवास्ता गरिएको भन्दै उनीहरूले बुधबार नगर प्रमुख विष्णु योगीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघका नगर अध्यक्षहरूको हस्ताक्षर रहेको पत्रमा कार्यदलका निर्णय कार्यान्वयन गर्दा सबै पक्षको सहमति आवश्यक हुने र पालिकाले एकलौटी निर्णय गरेको आरोप लगाइएको छ।
“पालिका एकलौटी ढंगले अघि बढेमा पेशागत संगठनहरू साक्षी बन्न मात्र तयार हुने छैनन्, सहमतिविना कुनै निर्णयको जिम्मा लिन सक्दैनन्,” पत्रमा उल्लेख छ। दरबन्दी मिलानसम्बन्धी निर्णयहरू पुनरावलोकन गर्न माग गर्दै उनीहरूले यस्ता गल्ती दोहोरिन नहुने चेतावनी दिएका छन्।
यस्तै, अखिल नेपाल शिक्षक संघ प्यूठान नगर समितिले आर्थिक वर्ष २०८२/०८३ को बजेट र कार्यक्रममा शैक्षिक समस्या तथा मागहरू समेटेर १० बुँदे ध्यानाकर्षण पत्र समेत नगर प्रमुखलाई बुझाएको जिल्ला समिति उपाध्यक्ष ध्रुव गिरीले जानकारी दिए।उनका अनुसार जिल्लाका सबै पालिकामा ध्यानाकर्षण पत्र पेस गर्ने संघको कार्यक्रम छ।
प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति
प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

Advertisement
तपाईको प्रतिक्रिया