प्युठान। प्युठानको सरुमारानी गाउँपालिका र स्माईल डेन्टल क्लिनिक भालुवाङ दाङको प्राविधिक सहयोगमा सरुमारानी गाउँपालिकामा दुईदिने निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सरुमारानी गाउँपालिकाको वडडाडा र बाङ्गेसाशालमा सञ्चालित शिविरमा करीब २४० जनाको मुख तथा दन्त परीक्षण गरिँदा ५० जनाको दाँत निकालिएको थियो। रगत जाँच गर्दा ३४ जनामा मधुमेह र ३२ जनामा उच्च रक्तचाप देखिएको दन्त चिकित्सकहरूले जानकारी दिएका छन्।
शिविरमा ७० प्रतिशत महिलाको सहभागिता रहेको थियो। अधिकांश बिरामीमा दन्त किरा (डेन्टल क्यारीज) र गिजाँसम्बन्धी समस्या देखिएको र यसको मुख्य कारण दन्त स्वास्थ्यबारे जनचेतनाको कमी भएको चिकित्सकहरूको भनाइ छ।
शिविरमा मुख तथा दन्त परीक्षण, दाँत निकाल्ने सेवा र परामर्श सेवा दिइएको थियो। शिविरमा स्माईल डेन्टल क्लिनिकका संचालक वृहस्पति श्रेष्ठ, डा. रक्षा कार्की र कृष्ण श्रेष्ठले सेवा दिएका थिए।
समयमै रोग पहिचान गरी जनचेतना फैलाउनु र दन्त रोगबाट बचाउन सहयोग गर्ने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण
सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

Advertisement
तपाईको प्रतिक्रिया