प्युठान। नेकपा एमाले निकट अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वमा प्युठानकी स्नेहा केसीले सबैभन्दा बढी मत प्राप्त गरेकी छन्। अनुशासन आयोगतर्फ महिला सदस्यका उम्मेदवार बनेकी केसीले खसेको कुल १ हजार ५५१ मतमध्ये १ हजार २५८ मत ल्याउँदै शीर्ष स्थान हासिल गरिन्।
अनुशासन आयोगकै महिला सदस्यतर्फ दुर्गा खत्रीले १ हजार १९४, प्रशिक्षा कोइरालाले १ हजार १८० र उर्मिला कार्कीले १ हजार १६६ मत ल्याएर निर्वाचित भए।
यसैगरी मधेश/थारु खुला समूहतर्फ राजेशकुमार यादवले १ हजार ५५ मत ल्याएर सबैभन्दा धेरै मत प्राप्त गरेका उम्मेदवार बने। सो समूहबाट मुकेश साह १ हजार २८ मतसहित विजयी भए।
पदाधिकारीतर्फ उपमहासचिवका उम्मेदवार कमल जोशीले ८१६ मत ल्याएर सबैभन्दा बढी मत ल्याउने पदाधिकारी बने। महासचिवमा दीपक धामी ७८५ मतसहित निर्वाचित भए। उपाध्यक्ष खुला समूहमा विकास श्रेष्ठ ७०८ मत ल्याएर विजयी भए भने महिला उपाध्यक्षमा अञ्जना सिवाकोटीले ७७५ मत पाइन्।
अध्यक्षमा कडा प्रतिस्पर्धा देखिएको थियो। डा. सुजन कडरिया ७३२ मत ल्याएर सात मतको साँघुरो अन्तरले निर्वाचित भए। उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२५ मत पाए।
चार सचिवमा आकाश घर्तिमगर (३६० मत), रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल विजयी भए। चारै सचिवमा आकाश घर्तिमगरले सबैभन्दा बढी मत ल्याए।
मतगणना बिहीबार मध्यरातमा सकिएको थियो।
अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत
अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

Advertisement
तपाईको प्रतिक्रिया