• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

गणतन्त्र दिवसमै जनकपुरधामबाट ‘संघीय गणतान्त्रिक गठबन्धन’को घोषणा


  •   बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
  • जनकपुरधाम — गणतन्त्र दिवसकै दिन पाँच दलको सहभागितामा जनकपुरधाममा ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरिएको छ।
    पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतोको नेपाल सद्भावना पार्टी, बद्री ठाकुरको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जनको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी ‘निषाद’को नेपाल जनजागृति पार्टी गठबन्धनमा छन्।घोषणामा सहभागी नेताहरूले गठबन्धनलाई ‘इमानदार नेताहरूको साझा मोर्चा’ भनेका छन्।
    घोषणा समारोहमा अध्यक्ष अन्सारीले पछिल्लो समय ‘राजावादी’का नाममा प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको आरोप लगाउँदै जनताको उपलब्धि जोगाउन आफूहरू ‘कुनै हदसम्म’ जान तयार रहेको बताए। मधेशका स्थापित नेताहरूले मधेशी जनतालाई धोका दिएको आरोप लगाउँदै उनले ‘सत्ता प्राप्तिका लागि आन्दोलनको बलिदानी बेचिएको’ टिप्पणी गरे। नेपाल सद्भावना पार्टी अध्यक्ष महतोले गणतन्त्रको वास्तविक अनुभूति शोषित समुदायले अझै गर्न नसकेको भन्दै ‘ईमान्दार नेतृत्व’को खोजीमा नयाँ गठबन्धन बनेको दाबी गरे।
    बहुजन एकता पार्टी अध्यक्ष रञ्जनले जातीय विभेद, हत्या, बलात्कारलगायत अपराधविरुद्ध संघर्ष गर्न गठबन्धन आवश्यक भएको बताए। मधेश सरकारले दलितहरूको पीडा बेवास्ता गरेको आरोप लगाउँदै उनले अम्बेडकर पार्कका नाममा गरिबहरू विस्थापित भएको पनि उल्लेख गरे। मधेश प्रदेशकी सांसद तथा नेपाल संघीय समाजवादी पार्टीकी उपाध्यक्ष विमला अन्सारीले अब अरूका लागि नभई आफ्ना मुद्दाका लागि लड्नुपर्ने बेला आएको बताइन्।
    पूर्वमन्त्री सरिता गिरीले भ्रष्टाचारमा मुछिएका नेताहरू कारबाहीमा नपरेसम्म जनताले गणतन्त्र अनुभूत गर्न नसक्ने टिप्पणी गरिन्। उनले अबको प्रधानमन्त्री ‘संघीय गणतान्त्रिक गठबन्धन’बाट हुने दाबीसमेत गरिन्।
    इतिहासिक जनता पार्टी अध्यक्ष ठाकुरले मधेशी जनताको शत्रु राजसंस्था भएको दाबी गर्दै जनता भ्रमित नहुन आग्रह गरे। नेपाल जनजागृति पार्टी अध्यक्ष सहनीले उत्पीडित वर्गले ‘शत्रु–मित्र चिन्ने’ चेतना विकास नगर्दासम्म अधिकार प्राप्ति असम्भव रहेको बताए।
    गठबन्धनले आफूहरू उत्पीडित, दलित र बहिष्कृत समुदायको आवाज बन्‍न आएकाे बताएको छ।

    Advertisement

    बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation