• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गणतन्त्र दिवसमै जनकपुरधामबाट ‘संघीय गणतान्त्रिक गठबन्धन’को घोषणा


  •   बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
  • जनकपुरधाम — गणतन्त्र दिवसकै दिन पाँच दलको सहभागितामा जनकपुरधाममा ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरिएको छ।
    पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतोको नेपाल सद्भावना पार्टी, बद्री ठाकुरको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जनको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी ‘निषाद’को नेपाल जनजागृति पार्टी गठबन्धनमा छन्।घोषणामा सहभागी नेताहरूले गठबन्धनलाई ‘इमानदार नेताहरूको साझा मोर्चा’ भनेका छन्।
    घोषणा समारोहमा अध्यक्ष अन्सारीले पछिल्लो समय ‘राजावादी’का नाममा प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको आरोप लगाउँदै जनताको उपलब्धि जोगाउन आफूहरू ‘कुनै हदसम्म’ जान तयार रहेको बताए। मधेशका स्थापित नेताहरूले मधेशी जनतालाई धोका दिएको आरोप लगाउँदै उनले ‘सत्ता प्राप्तिका लागि आन्दोलनको बलिदानी बेचिएको’ टिप्पणी गरे। नेपाल सद्भावना पार्टी अध्यक्ष महतोले गणतन्त्रको वास्तविक अनुभूति शोषित समुदायले अझै गर्न नसकेको भन्दै ‘ईमान्दार नेतृत्व’को खोजीमा नयाँ गठबन्धन बनेको दाबी गरे।
    बहुजन एकता पार्टी अध्यक्ष रञ्जनले जातीय विभेद, हत्या, बलात्कारलगायत अपराधविरुद्ध संघर्ष गर्न गठबन्धन आवश्यक भएको बताए। मधेश सरकारले दलितहरूको पीडा बेवास्ता गरेको आरोप लगाउँदै उनले अम्बेडकर पार्कका नाममा गरिबहरू विस्थापित भएको पनि उल्लेख गरे। मधेश प्रदेशकी सांसद तथा नेपाल संघीय समाजवादी पार्टीकी उपाध्यक्ष विमला अन्सारीले अब अरूका लागि नभई आफ्ना मुद्दाका लागि लड्नुपर्ने बेला आएको बताइन्।
    पूर्वमन्त्री सरिता गिरीले भ्रष्टाचारमा मुछिएका नेताहरू कारबाहीमा नपरेसम्म जनताले गणतन्त्र अनुभूत गर्न नसक्ने टिप्पणी गरिन्। उनले अबको प्रधानमन्त्री ‘संघीय गणतान्त्रिक गठबन्धन’बाट हुने दाबीसमेत गरिन्।
    इतिहासिक जनता पार्टी अध्यक्ष ठाकुरले मधेशी जनताको शत्रु राजसंस्था भएको दाबी गर्दै जनता भ्रमित नहुन आग्रह गरे। नेपाल जनजागृति पार्टी अध्यक्ष सहनीले उत्पीडित वर्गले ‘शत्रु–मित्र चिन्ने’ चेतना विकास नगर्दासम्म अधिकार प्राप्ति असम्भव रहेको बताए।
    गठबन्धनले आफूहरू उत्पीडित, दलित र बहिष्कृत समुदायको आवाज बन्‍न आएकाे बताएको छ।

    Advertisement

    बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation