प्युठान — गणतन्त्र दिवसको अवसरमा प्युठान नगरपालिकाले बिहीबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख विष्णुबहादुर योगीले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त व्यवस्था जनगणतन्त्र भएको उल्लेख गरे। “गणतन्त्र सजिलै प्राप्त भएको होइन, यसको रक्षा र अभ्यासमा सबैको भूमिका आवश्यक छ,” उनले भने।
नगरका उपप्रमुख देवेन्द्र वर्मा, वडा अध्यक्षहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको नगर प्रवक्ता सुमनराज श्रेष्ठले जानकारी दिए।
उता झिमरुक गाउँपालिकामा गणतन्त्र दिवसको सन्दर्भमा विभिन्न जातका फूलका बिरुवा रोपिएको छ।
त्यस्तै, सरुमारानी गाउँपालिका–६ मा वडा कार्यालय वरिपरि सरसफाइ गरी दिवस मनाइएको वडाध्यक्ष तिलबहादुर बुढाले बताए। सरुमारानी गाउँपालिका–५ मा सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै नेपाल नक्सा कोरेर दीप प्रज्वलन गरि १८औं गणतन्त्र दिवस मनाइएको छ। वडाध्यक्ष लक्ष्मी पल्लीका अनुसार वडासदस्यहरूको सहभागितामा शुभकामना आदानप्रदानसहित कार्यक्रम सम्पन्न गरिएको हो। दिवसको अवसरमा नेकपा (माओबादी केन्द्र )झिमरुक गाउँपालिका कमिटीले पनि दिप प्रज्वलन गरेको छ। ।
गणतन्त्र दिवसमा प्युठानमा दीप प्रज्वलन र सरसफाइ
गणतन्त्र दिवसमा प्युठानमा दीप प्रज्वलन र सरसफाइ

Advertisement
तपाईको प्रतिक्रिया