पर्सा। भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न औषधिसहित एक व्यक्ति पक्राउ परेका छन्।
पर्सा प्रहरीले विशेष सूचनाका आधारमा विन्दवासिनी गाउँपालिका–४ स्थित सडकखण्डमा सोमबार ना.५ च २४८३ नम्बरको पिकअप गाडी जाँच गर्दा बिना बिलका औषधि बरामद गरेको हो।
गाडीमा बारा, जितपुर सिमरा उपमहानगरपालिका–५ का २४ वर्षीय सुनिल कुमार रामले औषधि ल्याउँदै गरेका थिए। पक्राउ परेका राम, पिकअप गाडी र करिब १२ लाख ७८ हजार ५२० रुपैयाँ मूल्य बराबरका औषधि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
Advertisement