काभ्रे। काभ्रेको महाभारत गाउँपालिकाले महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनमा शून्य बेरुजु कायम गर्दै वित्तीय अनुशासनमा उत्कृष्टता देखाएको छ।
प्रतिवेदनअनुसार १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण हुँदा कुनै बेरुजु नदेखिएको हो। अध्यक्ष कान्छालाल जिम्बाका अनुसार अघिल्लो वर्ष पनि पालिकाको बेरुजु शून्य नै थियो। उनले देशभरकै एक मात्र शून्य बेरुजु पालिका भएको दाबी गर्दै जनताको विश्वासलाई कायम राख्ने अठोट दोहोर्याए।
आर्थिक पारदर्शिता, सुशासन र उत्तरदायित्वपूर्ण कार्यसम्पादनमा निरन्तरता दिँदै आएको पालिकाले यस उपलब्धिलाई समन्वित प्रयासको परिणाम भनेको छ।
Advertisement