• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गुल्मी र पाल्पाका अस्पतालहरूमा ‘अस्पताल पूर्वतयारी तथा प्रतिकार्य योजना’ कार्यक्रम सम्पन्न


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • गुल्मी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई विश्व स्वास्थ्य संगठन, नेपाल र यूरोपेली संघ ९भ्ग्०कोे सहकार्यमा रामपुर अस्पताल, पाल्पा र गुल्मी अस्पताल, तम्घासमा ‘अस्पताल पूर्वतयारी तथा प्रतिकार्य योजना’ सम्बन्धी स्थलगत अनुशिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्थाहरूको आपतकालीन तथा विपद् व्यवस्थापन क्षमता सुदृढ गर्न कार्यक्रम राखिएको हो ।
        कार्यक्रममा दुवै अस्पतालका व्यवस्थापन टोली, चिकित्सक, नर्सिङ स्टाफ, प्राविधिककर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । अस्पतालमा हुने आकस्मिक घटना, विपद् र महामारीजस्ता असामान्य अवस्थाहरूमा सेवा प्रवाहलाई निरन्तरता दिने, घाइते तथा बिरामीहरूको शीघ्र तथा प्रभावकारी उपचार सुनिश्चित गर्ने र संस्थागत पूर्वतयारीलाई सुदृढ बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
         कार्यक्रममा सहभागीहरूले आपतकालीन योजनाको संरचना, कार्यान्वयन प्रक्रिया, आवश्यक स्रोत व्यवस्थापन, जनशक्ति परिचालन, सञ्चार प्रणाली, र सन्देश प्रवाहसम्बन्धी विषयमा प्रस्तुतीकरण तथा कार्यशाला सत्रहरूमा सहभागी भएर अभ्यासात्मक तालिम प्राप्त गरेका थिए । दुवै अस्पतालको पूर्वतयारी तथा प्रतिकार्य योजना समयानुकूल परिमार्जन गर्दै, अस्पतालको आन्तरिक संरचना, जनशक्ति, औषधि, उपकरण, पूर्वाधार, व्यवस्थापन रणनीति लगायतका पक्षहरूलाई समेट्ने गरी अद्यावधिक गरिएको थियो ।
        यसमार्फत स्थानीय सन्दर्भ अनुसारका सम्भावित जोखिम, प्राथमिकता प्राप्त सेवा क्षेत्र, र आपतकालीन अवस्थामा आवश्यक निर्णय क्षमता विकासको दिशामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र ९ज्भ्म्ःग्र ज्भ्इऋ० का प्रमुख डा. प्रकाश बुढाथोकीज्यूले भर्चुअल रूपमा सहभागिता जनाउँदै, यस्तो खालको स्थलगत अनुशिक्षण कार्यक्रमले अस्पताल पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा व्यावहारिक सुधार ल्याउने बताए ।
        उनले कमजोरीहरू पहिचान गर्न, सुधारका सम्भाव्य क्षेत्रहरूलाई सम्बोधन गर्न तथा स्वास्थ्यकर्मीहरूबीच अनुभव आदानप्रदान र सहकार्यपूर्ण सिकाइ प्रवद्र्धन गर्न अत्यन्तै उपयोगी हुने बताए । यस किसिमको अभ्यास र अनुगमनले अस्पतालहरूको जोखिम व्यवस्थापन क्षमतामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको उनले बताए ।
        संघीय, प्रदेश र स्थानीय तहबीच समन्वयमा आधारित एकीकृत स्वास्थ्य आपतकालीन प्रणाली निर्माणतर्फ समेत यसले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

    Advertisement

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation