प्युठान। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ यही बैशाख ६ गते प्युठान आउने भएका छन्। उनले जुम्रीमा हुने माओवादी केन्द्र प्युठान नगर समिति अधिवेशनको उद्घाटन गर्नेछन्।
पासाङको प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रमलाई केन्द्रीय सदस्य कृष्णध्वज खड्का, संविधानसभा सदस्य तथा जिल्ला इञ्चार्ज नारायण प्रसाद अधिकारी लगायतका नेताहरूले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
नगर समिति सचिव सुमनराज श्रेष्ठका अनुसार अधिवेशनको तयारी पूरा भइसकेको छ। अधिवेशनलाई संगठन सुदृढीकरण, कार्यकर्ता सशक्तिकरण र राजनीतिक कार्यदिशा पुनरावलोकनको अवसरका रूपमा लिइएको नगरसचिव श्रेष्ठले बताए।
पूर्व उपराष्ट्रपति पुनको उपस्थितिले अधिवेशनको राजनीतिक तौल अझ बढ्ने माओवादी केन्द्र प्युठानले विश्वास लिएको छ।
Advertisement