काठमाडौं। काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरम (WEF) की ग्लोबल लिडर घोषित भएकी छन्।
विश्वका विभिन्न देशका मन्त्री, सांसद, वैज्ञानिक, व्यापारी, उद्यमी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू समेटिएको ११४ जना युवाहरूको सूचीमा डंगोल पनि समावेश भएकी हुन्।
वर्ल्ड इकोनोमिक फोरमले आफ्ना वेबसाइटमार्फत डंगोलको सार्वजनिक जीवनमा संलग्नता, नेतृत्व क्षमता र सांस्कृतिक संरक्षणमा गरिएको योगदानको प्रशंसा गरेको छ। डंगोलले सानै उमेरदेखि सामाजिक गतिविधिमा सक्रियता देखाउँदै स्थानीय लिपिहरूको संरक्षणका लागि ‘क्यालिजात्रा’ अभियानको नेतृत्व गरेकी थिइन्।
त्यस्तै, उनी पूर्व ‘मिस नेवा’ समेत भइसकेकी छन् भने काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ आयोगमा हालसम्मकै कान्छी सदस्यका रूपमा पनि नियुक्त भएकी थिइन्।
२९ वर्षको उमेरमै उपप्रमुख पदमा देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी मतान्तरले निर्वाचित भएकी डंगोलले पछिल्ला वर्षहरूमा अक्सफोर्ड विश्वविद्यालय, वर्ल्ड टुरिज्म सिटिज फेडेरेसनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वसमेत गरिसकेकी छन्।
वर्ल्ड इकोनोमिक फोरमको ग्लोबल लिडर्स सूचीमा उनको समावेशलाई नेपाली युवा नेतृत्वको अन्तर्राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ।
सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमकी ग्लोबल लिडर घोषित
सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमकी ग्लोबल लिडर घोषित

Advertisement
तपाईको प्रतिक्रिया