काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ मनोनीत
नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई पार्टीको उपाध्यक्षमा मनोनीत गरेको छ।
पार्टी स्रोतका अनुसार पुनलाई एकैपटक केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्ष बनाइएको हो। चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले उनलाई यी जिम्मेवारी दिएको स्रोतले जनाएको छ।
पुन दुई कार्यकालसम्म उपराष्ट्रपति भइसकेका छन्। पछिल्लो समय उनी माओवादी केन्द्रका बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै आएका थिए। यसअघि पनि पार्टीले उनलाई ‘आर्थिक उत्पादन संयन्त्र’को इन्चार्जको जिम्मा दिएको थियो।
Advertisement