काठमाडौं — जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आइतबार बर्दियामा भएको दुई पक्षीय छलफलमा कार्यकारी अधिकारसहितको अध्यक्षमा डा. सीके राउत रहने सहमति जुटेको जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।
छलफलमा दुई अध्यक्ष रहने गरी संरचना बनाइनेछ भने सह–अध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ। पार्टीको वरीयतामा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पहिलो, जनमत पार्टीका अध्यक्ष डा. राउत दोस्रो, र रञ्जिता श्रेष्ठ तेस्रो स्थानमा रहनेछिन्।
दुवै पार्टीका शीर्ष नेताहरू सम्मिलित कार्यदलबीचको छलफलले वैशाख १५ भित्र एकता घोषणा गर्ने तयारी गरेको छ।
Advertisement