दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विमा कम्पनीहरूमा आम जनताको विश्वास अझै कायम हुन नसकेको बताएका छन्।
राष्ट्रिय विमा कम्पनी लिमिटेडद्वारा आयोजित’निर्जीव विमासम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा बोल्दै उनले विमा दाबी भुक्तानीमा ढिलाइ हुँदा नागरिकको धारणा नकारात्मक बनेको उल्लेख गरे।“लम्पी स्किन महामारीमा पशु विमाको रकम नपाएपछि किसान निराश भए, यस्तो अवस्थामा विश्वास कायम हुँदैन,” मुख्यमन्त्री आचार्यले भने।
कार्यक्रममा घर, सम्पत्ति, व्यवसाय, कृषि, पशुपंक्षी लगायत क्षेत्रमा अनिवार्य विमाको व्यवस्था गर्नुपर्ने सुझाव दिइयो।
राष्ट्रिय विमा कम्पनीका हिरा कुमारी वर्तौलाले विमालाई खर्च नभई जोखिम व्यवस्थापनको उपकरणका रूपमा बुझ्नुपर्ने बताइन्।
प्रदेश योजना आयोगका डिल्लीराज अर्यालले अनिवार्य विमालाई राष्ट्रिय विमा कम्पनीसँग जोड्नुपर्नेमा जोड दिए।
राष्ट्रिय विमा बोर्डका प्रकाशकुमार अधिकारीले विमालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने धारणा राखे।
विमा कम्पनीले जनविश्वास आर्जन गर्न जरुरी : मुख्यमन्त्री आचार्य
विमा कम्पनीले जनविश्वास आर्जन गर्न जरुरी : मुख्यमन्त्री आचार्य

Advertisement
तपाईको प्रतिक्रिया