बागलुङ— बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारबाट कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
ग१ज ६१०० नम्बरको जिप दुर्घटनामा परी गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिएका छन्। दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, गलकोट–४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र गलकोट–३ बोहराफाँटका १९ वर्षीय अशोक बोहरा घाइते भएका छन्। प्रहरीका अनुसार जिपमा चार जना मात्र सवार थिए। घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ।
चैते दशैं मेलामा सहभागी हुन कोटमैदान जाँदै गर्दा जिप दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Advertisement