काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद दीपक बोहराको निधन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए।सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए।
Advertisement