बुटवल – नेकपा एकीकृत समाजवादी रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन्। बुटवलमा सम्पन्न १०औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेका अनुसार उपाध्यक्षमा अविराम विश्वकर्मा र मिरा श्रेष्ठ चयन भएका छन्। त्यस्तै, सचिवमा टंकप्रसाद पोख्रेल निर्वाचित भएका छन्।
उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन भएका छन्। समावेशी सदस्यहरू सहित ६७ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन भएको जिल्ला इन्चार्ज तथा पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष शाहले पार्टीले अघि सारेको समाजवादी विचारधारालाई व्यापक बनाउँदै अन्य दललाई समेत सहमत गराउने तथा आगामी निर्वाचनसम्म रूपन्देहीमा एकीकृत समाजवादीलाई निर्णायक शक्ति बनाउन प्रतिबद्ध रहेको बताए।
नेकपा एकीकृत समाजवादी रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह
नेकपा एकीकृत समाजवादी रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह

Advertisement
तपाईको प्रतिक्रिया