प्युठान। जिल्ला प्रशासन कार्यालय प्युठानले होली पर्वलाई मर्यादित र अनुशासित तरिकाले मनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ।
प्रशासनले एक सूचना जारी गर्दै रङ दल्ने, लोला हान्ने, दूषित पदार्थ छ्याप्ने, बटुवा र पर्यटकलाई रङ लगाउने, सवारी साधन रोक्ने, वा रकम असुल्ने जस्ता अवाञ्छित कार्य नगर्न सचेत गराएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले होली पर्वलाई आपसी सद्भावको पर्वका रूपमा संयमित, सुरक्षित र मर्यादित ढंगले मनाउन सबैलाई अनुरोध गर्नुभएको छ।
कानून विपरीतका कार्य भएमा प्रचलित कानून अनुसार कडा कारबाही गरिने जनाइएको छ।
यस वर्ष फागुन २९ र चैत १ गते होली पर्व मनाइँदै छ। फागुन २९ गते प्युठानसहित पहाडी र हिमाली जिल्लामा र चैत १ गते तराईमा होली मनाइनेछ।
Advertisement