• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

कांग्रेस-एमालेको संयुक्त सरकार २०८४ सम्मै जान्छ : ईश्वर पोखरेल


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • पाल्पा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धन सरकार पूर्ण कार्यकालसम्म चल्ने दाबी गरेका छन्। उनले केही पक्षले सरकार आज–भोलि नै ढल्छ भन्ने गलत प्रचार गरिरहेको भन्दै, एमाले-कांग्रेस सहकार्य स्थिर रहने बताए।
    नेकपा एमाले पाल्पाले आयोजना गरेको “वडा केन्द्रित पार्टी निर्माण” अभियानअन्तर्गत आयोजित अभिमुखीकरण कार्यक्रममा पोखरेलले भने, “यो समीकरण ढल्ने कुनै कारण देखिदैन। दुई दलबीच सहमति, सहकार्य र एकताका आधारमा सरकार सञ्चालन भइरहेको छ।” उनले कांग्रेस र एमालेबीचको सहकार्य नयाँ नभई २००७ सालदेखि निरन्तर रहँदै आएको उल्लेख गरे। प्रजातन्त्र स्थापनादेखि २०३६ सालको जनमत संग्रह, २०४६ सालको बहुदलीय व्यवस्था, २०६२/०६३ को जनआन्दोलन, र २०७२ सालको संविधान निर्माणसम्म कांग्रेस-एमालेले सहकार्य गरेको उनले बताए।
    वरिष्ठ उपाध्यक्ष पोखरेलले अघिल्लो सरकारले भन्दा वर्तमान सरकार सुशासन र सेवा प्रवाहमा चुस्त रहेको दाबी गरे। उनले पार्टी नेतृत्वमा पाका पुस्ता र युवा पुस्ताबीच सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै, “अब केवल कपाल फुलेका नेताहरूबाट मात्र पार्टी चल्दैन। पुरानो पुस्ताको अनुभव, विषय विज्ञको ज्ञान, र युवाको ऊर्जा समावेश गरेर अघि बढ्नुपर्छ,” भने।

    Advertisement

    उनले पार्टीभित्र अनुशासन आवश्यक रहेको भन्दै, भ्रष्टाचार र अनैतिक कार्यमा संलग्नलाई एमालेमा स्थान नदिइने चेतावनी दिए। बाम एकता तत्काल सम्भव नरहेको बताउँदै, पोखरेलले कामअनुसारका एकता गर्दै देशको हितमा अघि बढ्नुपर्ने धारणा राखे। कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ठाकुर प्रसाद गैरेले वडा-स्तरीय अभियानले पार्टीलाई थप जनतामैत्री, विकासमैत्री, र सशक्त बनाउने बताए। उनले चैत्र मसान्तसम्म पाल्पाका सबै वडाहरूमा अभियान पु¥याउने लक्ष्य रहेको जनाए।
    लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले जिम्मेवारी पूरा नगर्ने पदाधिकारीको मूल्यांकन गरिने बताए। पाल्पा क्षेत्र नं. १ का सांसद नारायण प्रसाद आचार्यले यस अभियानले “मिसन ८४” को आधार निर्माण गर्ने उल्लेख गरे।
    कार्यक्रममा पाल्पाका १० पालिका, ८१ वडा, जिल्ला र क्षेत्रीय कमिटीका सदस्य तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation