• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा चयन

यो सरकार सत्ताको बोझले आफैँ ढल्छ : सांसद सापकोटा

राष्ट्रिय युवा संघ प्युठानको अध्यक्षमा महेश पाण्डे चयन

रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज

सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो

मिस्टर नेसनलमा बीरगञ्जका अजहरको चमक, दोहोरो उपाधि हात

लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

अर्काे बर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरकाे बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीकाे घाेषणा

लोकप्रिय समाचार

  • १. राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने

  • २. रेसुङ्गा विमानस्थलबाट उडान थप

  • ३. वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’ आउँदै

  • ४. लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

  • ५. गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

  • ६. गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

  • ७. कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज

  • ८. रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान

  • ९. ३१ फिट पछाडि सर्‍यो भिगृको तिनतले घर

  • १०. रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

गुल्मीमा शुद्ध पिउँने पानी उद्योगको शुभारम्भ


  •   आइतबार, माघ २०, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा ‘रेसुङ्गाको पानी हाम्रो ठाउँ हाम्रै लगानी’ भन्ने नारा सहित स्थापना भएको शुद्ध पिउँने पानी उद्योगको औपचारिक रुपमा शुभारम्भ भएको छ । रेसुङगा नगरपालिका वडा नम्वर–३ को बेहोरेमा ३ जना युवाहरु मिलेर खोलेको उद्योगको शुक्रबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक कार्यक्रमकाबिच शुभारम्भ गरेका हुन् ।
    प्रतिघण्टा दुई हजार लिटर पानी उत्पादन गर्ने क्षमता रहेको उद्योगले अहिले १ हजार ४ सय लिटर प्रतिघण्टा उत्पादन गरिरहेको अध्यक्ष सन्तोष कुँवरले बताए । उद्योगबाट एक लिटर, आधा लिटर र २० लिटरको जारमा शुद्ध पिउने पानी बजारमा ल्याएको छ ।
    उद्योगबाट उत्पादन भएको पानी गुल्मी जिल्लाभर नै बिक्रीका लागि पठाइएको उद्योगले जनाएको छ । उद्योगको शुभारम्भ कार्यक्रममा उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले स्थापना हुनु भन्दा पनि निरन्तरता दिनु ठूलो कुरा भएको बताए ।
    उनले मुल्य र गुणस्तरमा ध्यान दिएमा उद्योगले सफलता हात पार्ने बताए । कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थी, नेकपा एमाले गुल्मीका सचिव धर्म बिश्वकर्मा, नेपाली कांग्रेस गुल्मीका उपसभापति शिव केसी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उद्योगको सफलताको शुभकामना दिएका थिए ।
    उनिहरुले जिल्लामा ठूला उद्योग स्थापनाले लगानी र रोजगारि भित्रिने बताएका थिए । कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले युवाहरुले साहस गरेर अन्य युवाहरुलाई पनि केहि गरौं त्यो पनि स्वदेशमै गरौं भन्ने सन्देश प्रवाह गरेको बताए ।
    उनले देशमा केहि भएन भनेर निरासाका कुरा मात्रै भइरहेको समयमा यहाँका युवाले देखाएको साहसलाई सबैले सहयोग गर्नुपर्ने बताए । उद्योगको शुभारम्भ गर्दै नगरप्रमुख पन्थीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नका नगर सधै साथमा रहेको बताए ।
    पछिल्लो समयमा युवाहरु विदेश पलायन हुँदै जाने लहर चलेको अवस्थामा युवाहरुले स्वदेशमा नै खोलेकै पानी उद्योगलाई नगरले पूरै साथ दिने उनको भनाइ छ । उद्योग खोल्नु भन्दा पनि उद्योगबाट उत्पादित पानीको गुणस्तरतामा ख्याल गर्न उहाँले आग्रह गरे ।
    जिल्लाका १२ वटै स्थानीय तह र सरकारी कार्यालयहरुमा जिल्लामै उत्पादित पानीको प्रयोग गर्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ । पहिलो चरणमा गुल्मी जिल्लाभर पठाइएको र जिल्लाको माग पूरा भएपछि अन्य जिल्लामा पनि पठाउने तयारी उद्योगले गरिरहेको पन्थीको भनाइ छ ।
    शुद्ध पिउने एक लिटरको पानीको २० रुपियाँ प्रति बोतल खुद्रा मुल्य तोकिएको छ । पानीको एक दर्जनको प्याकेटलाई १६० रुपियाँ होलसेल रेटमा बिक्री भइरहेको छ ।
    पहाडी क्षेत्रसँगै रेसुङगाको काखमा रहेको मुलबाट उत्पादित पिउने पानीले राम्रो बजार पाउने अपेक्षा लिएको उहाँहरुले बताउनुभएको छ । यस क्षेत्र धार्मिक, ऐतिहासिक हिसाबले महत्वपूर्ण क्षेत्र रहेकाले यसक्षेत्रबाट उत्पादनी पानी शुद्ध र पहाडी स्वादले भरिपूर्ण भएकाले एकपटक प्रयोग गरि सकेपछि यसको माग धेरै हुने अपेक्षा उद्योगले लिएको छ ।
    चिनियाँ प्रविधिको अत्याधुनिक स्वचालित उद्योगमा स्थानीय १५ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको उद्योगले जनाएको छ। माध्यमिक तहसम्म एउटै विद्यालयमा पढेका ३ जना युवाले करिब २ करोड लगानी लगाएर जिल्लामै पहिलो पानी उद्योगको रुपमा सञ्चालनमा ल्याएको उद्योगका अध्यक्ष सन्तोष कुँवरले बताए ।
    आफ्नै पेसा व्यवसाय गरेर काम गरिरहे पनि जिल्लाका लागि केहि गर्नु पर्छ भन्ने सोचले पानी उद्योग सञ्चालनमा ल्याएको कुँवरको भनाइ छ । उद्योगले हाल प्रत्यक्ष रुपमा १५ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको उनको भनाइ छ ।

    Advertisement

    आइतबार, माघ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना गर्ने कर्मचारी पक्राउ
    सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो
    दाङमा लागुऔषधसहित दुई जना पक्राउ
    रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो
    नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ
    राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

    लोकप्रिय

    • १.
      राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ

    • २.
      रेसुङ्गा विमानस्थलबाट उडान थप

    • ३.
      वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’

    • ४.
      ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार

    • ५.
      लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

    • ६.
      गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र

    भर्खरै

    • १.
      वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा चयन

    • २.
      यो सरकार सत्ताको बोझले आफैँ ढल्छ : सांसद सापकोटा

    • ३.
      राष्ट्रिय युवा संघ प्युठानको अध्यक्षमा महेश पाण्डे चयन

    • ४.
      रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

    • ५.
      कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज

    • ६.
      सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो

    • ७.
      मिस्टर नेसनलमा बीरगञ्जका अजहरको चमक, दोहोरो उपाधि हात

    • ८.
      लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation