• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गुल्मीमा शुद्ध पिउँने पानी उद्योगको शुभारम्भ


  •   आइतबार, माघ २०, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा ‘रेसुङ्गाको पानी हाम्रो ठाउँ हाम्रै लगानी’ भन्ने नारा सहित स्थापना भएको शुद्ध पिउँने पानी उद्योगको औपचारिक रुपमा शुभारम्भ भएको छ । रेसुङगा नगरपालिका वडा नम्वर–३ को बेहोरेमा ३ जना युवाहरु मिलेर खोलेको उद्योगको शुक्रबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक कार्यक्रमकाबिच शुभारम्भ गरेका हुन् ।
    प्रतिघण्टा दुई हजार लिटर पानी उत्पादन गर्ने क्षमता रहेको उद्योगले अहिले १ हजार ४ सय लिटर प्रतिघण्टा उत्पादन गरिरहेको अध्यक्ष सन्तोष कुँवरले बताए । उद्योगबाट एक लिटर, आधा लिटर र २० लिटरको जारमा शुद्ध पिउने पानी बजारमा ल्याएको छ ।
    उद्योगबाट उत्पादन भएको पानी गुल्मी जिल्लाभर नै बिक्रीका लागि पठाइएको उद्योगले जनाएको छ । उद्योगको शुभारम्भ कार्यक्रममा उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले स्थापना हुनु भन्दा पनि निरन्तरता दिनु ठूलो कुरा भएको बताए ।
    उनले मुल्य र गुणस्तरमा ध्यान दिएमा उद्योगले सफलता हात पार्ने बताए । कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थी, नेकपा एमाले गुल्मीका सचिव धर्म बिश्वकर्मा, नेपाली कांग्रेस गुल्मीका उपसभापति शिव केसी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उद्योगको सफलताको शुभकामना दिएका थिए ।
    उनिहरुले जिल्लामा ठूला उद्योग स्थापनाले लगानी र रोजगारि भित्रिने बताएका थिए । कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले युवाहरुले साहस गरेर अन्य युवाहरुलाई पनि केहि गरौं त्यो पनि स्वदेशमै गरौं भन्ने सन्देश प्रवाह गरेको बताए ।
    उनले देशमा केहि भएन भनेर निरासाका कुरा मात्रै भइरहेको समयमा यहाँका युवाले देखाएको साहसलाई सबैले सहयोग गर्नुपर्ने बताए । उद्योगको शुभारम्भ गर्दै नगरप्रमुख पन्थीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नका नगर सधै साथमा रहेको बताए ।
    पछिल्लो समयमा युवाहरु विदेश पलायन हुँदै जाने लहर चलेको अवस्थामा युवाहरुले स्वदेशमा नै खोलेकै पानी उद्योगलाई नगरले पूरै साथ दिने उनको भनाइ छ । उद्योग खोल्नु भन्दा पनि उद्योगबाट उत्पादित पानीको गुणस्तरतामा ख्याल गर्न उहाँले आग्रह गरे ।
    जिल्लाका १२ वटै स्थानीय तह र सरकारी कार्यालयहरुमा जिल्लामै उत्पादित पानीको प्रयोग गर्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ । पहिलो चरणमा गुल्मी जिल्लाभर पठाइएको र जिल्लाको माग पूरा भएपछि अन्य जिल्लामा पनि पठाउने तयारी उद्योगले गरिरहेको पन्थीको भनाइ छ ।
    शुद्ध पिउने एक लिटरको पानीको २० रुपियाँ प्रति बोतल खुद्रा मुल्य तोकिएको छ । पानीको एक दर्जनको प्याकेटलाई १६० रुपियाँ होलसेल रेटमा बिक्री भइरहेको छ ।
    पहाडी क्षेत्रसँगै रेसुङगाको काखमा रहेको मुलबाट उत्पादित पिउने पानीले राम्रो बजार पाउने अपेक्षा लिएको उहाँहरुले बताउनुभएको छ । यस क्षेत्र धार्मिक, ऐतिहासिक हिसाबले महत्वपूर्ण क्षेत्र रहेकाले यसक्षेत्रबाट उत्पादनी पानी शुद्ध र पहाडी स्वादले भरिपूर्ण भएकाले एकपटक प्रयोग गरि सकेपछि यसको माग धेरै हुने अपेक्षा उद्योगले लिएको छ ।
    चिनियाँ प्रविधिको अत्याधुनिक स्वचालित उद्योगमा स्थानीय १५ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको उद्योगले जनाएको छ। माध्यमिक तहसम्म एउटै विद्यालयमा पढेका ३ जना युवाले करिब २ करोड लगानी लगाएर जिल्लामै पहिलो पानी उद्योगको रुपमा सञ्चालनमा ल्याएको उद्योगका अध्यक्ष सन्तोष कुँवरले बताए ।
    आफ्नै पेसा व्यवसाय गरेर काम गरिरहे पनि जिल्लाका लागि केहि गर्नु पर्छ भन्ने सोचले पानी उद्योग सञ्चालनमा ल्याएको कुँवरको भनाइ छ । उद्योगले हाल प्रत्यक्ष रुपमा १५ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको उनको भनाइ छ ।

    Advertisement

    आइतबार, माघ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation