• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

किसानलाई सहुलियतमा धानको बीउ

गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

लोकप्रिय समाचार

  • १. प्युठानको सर्वोच्च शिर : कोठिभिर

  • २. प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा दोहोरिए

  • ३. इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय : सभामुख घर्ती

  • ४. हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

  • ५. सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

  • ६. आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो सहारा

  • ७. राप्ती–३ मा क्षयरोग स्क्रिनिङ, दुई जनामा क्षयरोग पुष्टि

  • ८. प्युठानका खोलामा अवैध उत्खनन, जेसिवी र टिपर नियन्त्रणमा

  • ९. मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन

  • १०. विश्वप्रकाश शर्माको प्रधानमन्त्रीलाई दोस्रो पत्र: “बजेटमा हिमाल देखियोस्”

परपुरुषसँगको प्रेम सम्बन्धका कारण दुई छोरीको हत्या


  •   बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
  • दाङ । सल्यानमा एक महिलाले प्रेम सम्बन्ध टिकाई राख्न आफ्नै दुई छोरीको हत्या गरेको खुलेको छ। वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्।
    दुई छोरीको हत्या गर्नुको कारण प्रेमी सामु अविवाहित देखाउने रहेको प्रहरीलाई बयान दिएकी छन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी दुई छोरीको पुस २४ गते हत्या गरेकी हुन्।
    सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएको र प्रेमीसँगै बिहे गर्ने योजना अनुसार छोरीको हत्या गरिएको पाइएको हो। प्रेमीले थाहा नपाऊन् भनेर पूर्णिमाले हत्या गरेको खुलेको हो।
    ‘पूर्णिमा विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। उनीहरूको चिनजान सामाजिक सञ्जालमार्फत भएको थियो,’डीएसपी न्यौपानेले भने पूर्णिमाका श्रीमान टेकबहादुर ज्याला-मजदुरीका लागि बाहिर गइरहन्थे। घरमा पूर्णिमा र दुई छोरी मात्र हुन्थे। त्यहि बेला देखि पूर्णिमाको सल्यान शारदा नगरपालिकाकै एक युवकसँग प्रेम सम्बन्ध थियो। अविवाहित ती युवकलाई पूर्णिमाले आफ्नो बिहे भएकोबारे खुलाएकी थिइनन्। उनीहरू प्रत्यक्ष भेट पनि भएको थिएन। तर उनीहरूले बिहे गर्ने योजना बनाएका थिए।
    सामाजिक सञ्जालमा उनीहरूबीच दिनहुँ जसो भिडिओ कुरा हुन्थ्यो। पुस दोस्रो साता ती युवक बिहे गर्ने योजनाका साथ भारतबाट फर्किए। छिमेकी पालिकाका बासिन्दा भएकाले उनीहरूबीच छिट्टै भेट्ने कुरा भयो। भेट्ने समय नजिक आउन थालेपछि पूर्णिमाले दुई छोरीको पालैपालो घाँटी थिचेर हत्या गरेको साबिती बयानसहित स्वीकार गरेको डिएसपी न्यौपानेले बताए।

    Advertisement

    ‘परपुरूषसँग प्रेम सम्बन्धमा रहेको र आफू अविवाहित भएको देखाउन पूर्णिमाले छोरीहरूको हत्या गरेको पुष्टि हुन्छ’ डिएसपी न्यौपानेले भने। यसअघि पूर्णिमाले श्रीमानसँग फोनमा विवाद भएपछि आवेगमा आएर छोरीहरूको हत्या गरेको भनेर झुटो बयान दिएकी थिइन्। हत्या गर्नुअगाडि उनले प्रेमीसँग भने फोनमा कुरा गरेको पुष्टि भएको छ। प्रहरीका अनुसार पूर्णिमालाई श्रीमान टेकबहादुरले कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिएको खुल्दैन। एकपटक प्रेमीसँग कुरा गरेको देखेपछि भने त्यसो नगर्न भनेर सम्झाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
    प्रहरीले पूर्णिमाका प्रेमी, उनीहरू दुवैका मोबाइल फोन पनि नियन्त्रणमा लिएर घटना अनुसन्धान गरेको थियो। अहिलेसम्म घटनामा ती युवकको कुनै खाले संलग्नता नखुलेको प्रहरीले बताएको छ। मोबाइलहरू भने फरेन्सिक जाँचका लागि काठमाडौंमा पठाइएको छ। पूर्णिमाविरूद्ध दुई छोरीको हत्याको कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी परेको छ।

    बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम
    दाङमा २० तोला सुन चोरी, पाँच बालबालिका र एक व्यवसायी पक्राउ
    बुटवलमा आमासहित दुई सन्तानको हत्या
    मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
    भन्सार छलीका औषधिसहित एक जना पक्राउ
    मुस्लिम समुदायको सशक्तीकरण अपरिहार्य : प्रदेश प्रमुख मियाँ

    लोकप्रिय

    • १.
      प्युठानको सर्वोच्च शिर : कोठिभिर

    • २.
      प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय

    • ३.
      इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय :

    • ४.
      हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

    • ५.
      सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

    • ६.
      आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो

    भर्खरै

    • १.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • २.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ३.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ४.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • ५.
      मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

    • ६.
      किसानलाई सहुलियतमा धानको बीउ

    • ७.
      गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

    • ८.
      गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation