प्युठान। नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल नौबहिनी गाउँपालिका कमिटीको अद्यक्षमा युवराज पुन मगर निर्वाचित भएका छन।
नेकपा एमाले प्युठान प्रदेशसभा निर्वाचन क्षेत्र(ख) का संयोजक इश्वर थापाको प्रमुख आतिथ्यतामा आइतबार भएको दोस्रो अधिवेशनले मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सालिम पुन मगर, सचिव प्रकाश बुढा मगर, सह-सचिब बिष्णु बुढा मगर, सह-सचिव, दान बहादुर के. सि., कोषाध्यक्ष निर्मला सुनार सर्वसम्मत निर्वाचित भएका हुन। अधिवेशनले ४५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो।
Advertisement