काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सहकारी ठगीको आरोपमा हिरासतमा रहेका चितवन–२ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेको पद निलम्बित भएको जानकारी गराएको हो ।
कास्की प्रहरीको पत्र बमोजिम संसद सचिवालयले आज सूचना टाँस गर्दै मुद्दा किनारा नलागेसम्म रविको सांसद पद निलम्बनमा परेको बताएको हो । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ।
रविविरूद्व सम्पत्ति शुद्वीकरण, सहकारी ठगी र संगठित अपराधको आरोपमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए।
Advertisement