दाङ। दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। भने बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । बस पनि अनियन्त्रित भइ पल्टिएको छ ।
मृत्युु हुनेमा मोटरसाइकल चालक स्थानीय ४४ बर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिए। केसीको उपचारका क्रममा मृत्यु भएको हो। घोराही उपमहानगरपालिका-१० गुर्जेखोलामा तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा १ ख ८१६ नम्बरको बसले बिपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाईकललाई आज शुक्रवार दिउँसो ठक्कर दिएको हो।
दुर्घटनामा परी बसमा सवार रहेका रोल्पाको त्रिबेणी गाउँपालिका–४ का २८ बर्षीय बीर बहादुर डाँगी, दाङको राप्ती गाउँपालिका–५ बस्ने ३१ बर्षीय प्रेम सुबेदी, तुलसीपुर–१७ बेलझुण्डीका ४५ बर्षीया देवा बिक, तुलसीपुर–१६ की ५४ बर्षीया सिता कुमारी अधिकारी, तुलसीपु–१९ बस्ने ३८ बर्षीया तुलसा खड्का, घोराही–९ बस्ने ६० बर्षीय बल बहादुर डाँगी, घोराही–५ बस्ने २४ बर्षीया साबित्रा बस्नेत, घोराही–३ बस्ने ३४ बर्षीय रामसिंह चौधरी, घोराही–१२ बस्ने ३७ बर्षीय नर बहादुर वली, घोराही–९ बस्ने २२ बर्षीया सिता बिश्वकर्मा र घोराही–१५ बस्ने २४ बर्षीय दिप परियार घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको र बस चालक घोराही–१८ फर्सेखालीका ५३ बर्षीय गोपाल बिकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,११ जना घाईते
दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,११ जना घाईते
Advertisement
तपाईको प्रतिक्रिया