कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा जिपले अटोलाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०१–०२९ च. ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु.१ ह. ३०९२ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको मृत्यु भएको छ।
घाइते पासीलाई उपचारका लागि तौलिहवा लैजाँदै गर्दा र अर्का घाइते केवटलाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा अटो चालक लोकबहादुर कुँवर, यात्रुहरू विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् । घाइतेको चारै जनालाई उपचार गर्न बुटवलमा ल्याएको प्रहरीले जनाएको छ।
Advertisement