• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

लुम्बिनीमा बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए


  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
  • दाङ–लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपिल गर्नु भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिक विचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।
    बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।
    नवलपरासी वर्दघाट–२ बासखोलामा ९ जनाको घर बाढीका कारण डुबानमा परेर क्षती भएको छ । स्थानीय कोशबहादुर आले, हरीबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षती पुगेको छ । सुस्ता गाउँपालिका–५ बड्काटोलमा बाढी पसेको छ ।
    नारायणी नदीको पानीको वहाव बढ्दा बाँध समेत फुटेर पानी बस्तीमा छिरेको थियो । स्थानीय प्रहरी र समुदायका नागरिकहरुलाई सार्वजनिक भवनमा सारिएको छ । पाल्पा रैनादेवी छहरा–१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ । बगनासकाली–६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछी दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन–५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा ९ वटा घर जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ ।
    रम्भा–३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेपछी ७ जना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको, निस्दि–५ निवासी नरबहादुर खरुको घर जोखिममा परेपछी तीन जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको, रैनादेवि छहरा–१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रीता कुमाल, सिमा कुमाल, मालती नेपालीको घर जोखिममा परेपछी ११ जना सदस्यहरुलाई आफन्तको घरमा सारिएको छ । माथागढी–७ निवासी लोकमायाँ चुहानको घर जमिन भासिदा जोखिममा परेपछी ७ जना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हिराबहादुर ढेंगाको घर पनि बस्न नमिल्ने भएपछी ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ । रैनादेवी छहरा–१ निवासी कमला गरम्जाको घर पहिरोले पुरिएपछी तीन जना सदस्यलाई आफन्तको घरमा सारिएको छ । रीब्दीकोट–४ निवासी मिनप्रसादको घर अगाडी पहिरो खस्दा जोखिम बढेपछी चार जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो । पाल्पा तिनाउँ–१ निवास निरज सास्कोटीको घर पहिरोले पुरिएपछी चार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
    गुल्मी छत्रकोट–५ निवासी कृष्ण विकको घरमा क्षती पुगेपछी तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी–६ धरमखोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ। यस्तै माडी गाउँपालिका–४ बुढागाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फारममा क्षती पुगेको छ ।

    Advertisement

    आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी
    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation