चितवन। भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-४ का ३६ वर्षीय मेघनाथ विक रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो ।
आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएको विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
Advertisement