• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

रोल्पा जिप दुर्घटनाका मृतकहरूको पहिचान खुल्यो


  •   मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित
  • रोल्पा । रोल्पामा सोमबार बेलुकी यात्रुसहितको जिप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ । प्रहरीले दुर्घटनामा परेर आठ जना घाइते भएको जनाएको छ ।
    रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै क्रममा लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरानजिक सडकभन्दा ४ सय मिटर तल खसेको थियो ।
    मृत्यु हुनेमा ४ महिला, २ पुरुष र १ बालक छन् । उनीहरूको सनाखत मध्य रातिसम्म प्रहरीले गरेको छ । मृत्यु हुनेहरूमा माडी गाउँपालिका–३ ७७ वर्षका खडकबहादुर डाँगी, वर्ष ३० की अमृता घर्तीमगर, उनकी छोरी १८ महिनाकी नाम नखुलेकी बालिका, ३३ वर्षकी जुनुमाया खड्का, परिवर्तन गाउँपालिका–राङ्सीकी ३२ वर्षकी रामकली पुन, माडी–३ का ७० वर्षका झुपलाल डाँगी, माडी–३ कै धनठानाकी ५० वर्षकी कर्मा घर्तीमगर छन् । झुपलाल र खडकबहादुर दाजुभाई हुन् । अमृता र उनकी १८ महिनाकी छोरीको पनि मृत्यु भएको छ । मृतक जुनुमायाका ३ वर्षका बालक हिटलर गम्भीर घाइते छन् ।

    Advertisement

    दुर्घटनामा घाइतेको उपचारपछि एक जनालाई रोल्पा अस्पतालबाट डिस्चार्ज गरिएको छ । डिस्चार्ज भएकामा माडी–३ की ४० वर्षकी दिलकुमारी घर्तीमगर हुन् । उनको दाँहिने खुट्टामा चोट लागेको छ भने सामान्य अवस्था छ । यस्तै दुर्घटनामा घाइते भएका माडी–३ का ३७ वर्षका खगेन्द्र बाँठालाई अस्पतालमा चिकित्सकको निरीक्षणमा उपचार जारी राखिएको छ । रोल्पा जलजला यातायात प्रालिको लु १ ज ३२५२ नम्बरको जिप दुर्घटनापछि पूर्ण रुपमा क्षतविक्षत अवस्थामा छ ।

    गम्भीर घाइते भएका ६ जनालाई नै बुटवलस्थित अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । रिफर गरिएकाहरूमा जिपका चालक परिवर्तन–६ का ४५ वर्षका दीपक थापा, माडी–२ का ३ वर्षका बालक हिटलर खड्का, माडी–३ की ६० की कर्म बुढा मगर, ४२ वर्षकी बरमाली घर्तीमगर, १३ वर्षकी प्रतिभा बुढामगर र गंगादेव–७ का ५२ वर्षका नैनसिंह पुनमगर छन् । उनीहरूलाई सोमबार राति नै बुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले बताए ।
    रोल्पाका प्रहरीका प्रमुख डीएसपी भरत लामाले पहिरोका कारण दुर्घटना हुन पुगेको बताए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै उनले वर्षातका बेलामा सडक माथिबाट पहिल्यै झरेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको बताए । ‘जिपका चालकले पहिरो छलेर केही अग्लो भागबाट अघि बढाउन खोज्दा जिप पछाडि सर्दै चिप्लो भएको सडकबाट तल खसेको अवस्था छ,’ उनले भने ।
    दुर्घटनाको एक मात्रै प्रत्यक्षदर्शी रहेकी यात्रु दिलकुकारी घर्तीमगरले चालकले जिप जोगाउन खोज्दा पनि नसकेको बताइन्। माडी–३ की ४० वर्षकी उनी जिप पछाडि जान खोजेपछि हाम फालेर जोगिएकी थिइन् । alहान तालाबाङबाट आएको जिप दिउँसो घर्तीगाउँबाट ४ बजे तालाबाङ तर्फ हिडेको थियो । त्यसको करिब एक घण्टापछि जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी
    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation