• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी


  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
  • सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न जिल्ला भएको भन्दै पार्टीको अवस्था पनि राम्रो भएको जिल्ला भएकाले पार्टीभित्र रहेका केही आन्तरिक समस्या हल गर्न सकेमा आगामी निर्वाचनमा पार्टीलाई एक बनाउन कुनैपनि तत्त्वले रोक्न नसक्ने बताउनुभयो ।

    अहिले पनि संघ र प्रदेशको सरकारमा कुनै न कुनै रूपमा एमाले नेतृत्वमा रहँदै आएको भन्दै उहाँले सरकारको नेतृत्वमा बसेका मुख्यमन्त्री, मन्त्रीहरूले जनताले आस गरेको परिणाममुखी कामहरू, जनताले आस गरेको कामहरू गर्नुपर्छ भनेर पार्टी नेतृत्वले सधैँ भन्दै आएको बताउनुभयो । त्यसअनुसार संघ तथा प्रदेश सरकारमा सहभागी मुख्यमन्त्री, मन्त्रीहरूले काम गर्नुपर्ने समेत मन्त्री चौधरीले बताउनुभयो ।

    ‘पूर्व प्रधानमन्त्री एवं हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नुभएको “सुखी नेपाली समृद्ध नेपाल” भन्ने नारालाई सार्थक बनाउनका निम्ति अहिले पनि हामी लागिरहेको छौँ । हामी संघ तथा प्रदेश सरकारमा विभिन्न भूमिकामा रहेका मुख्यमन्त्री, मन्त्रीहरूले पनि त्यसअनुसार भूमिका खेल्न आवश्यक छ’, उहाँले भन्नुभयो ।

    सुनसरी जिल्ला विविधताले भरिएको जिल्ला भएको भन्दै मन्त्री चौधरीले जिल्लामा सर्वसम्मत नेतृत्व चयन गराउन लाग्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन हुँदा कुनै न कुनै रूपमा असन्तुष्टि बढ्ने भएकाले त्यसको अन्त्यका लागि पनि सर्व सहमतिमा जोड दिनुभयो ।

    ‘हामी सम्पूर्ण एक ढिक्का भएर एउटा टिम भएर अगाडि बढ्यौँ भने मलाई लाग्छ हामीले १२ वटै पालिकामा प्रमुख, उपप्रमुख सहित विजय हासिल गर्न सक्छौँ । यदि हामीभित्रै घात र अन्तर्घातलाई अन्त्य गर्न सक्यौँ भने’, उहाँले भन्नुभयो, ‘हामी सँगै बसेको हुन्छौ । तर कताबाट हो घात, अन्तर्घात पनि भइरहेको हुन्छ। त्यसकारण यसलाई अन्त्य गर्नका निम्ति हामी एकजुट हुन आवश्यक छ । हामी एउटै पार्टी हौँ । एउटै पार्टीका व्यक्ति हौँ । यही पार्टीलाई अगाडि बढाउन चाहन्छौँ ।’२०८४ सालमा पहिलो पार्टी बनाउने अभियान पार्टीले लिएको भन्दै मिसन ग्रासरूट हुँदै, झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडि केन्द्रित अभियान सम्पन्न गर्दै अहिले हामी मिसन ८४ को अभियानमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अभियान तब मात्रै सफल हुन्छ । जब हाम्रो जिल्लाले १२ वटै पालिका जिताएर देखाउन सक्छौँ ।’

    शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation