• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी


  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
  • सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न जिल्ला भएको भन्दै पार्टीको अवस्था पनि राम्रो भएको जिल्ला भएकाले पार्टीभित्र रहेका केही आन्तरिक समस्या हल गर्न सकेमा आगामी निर्वाचनमा पार्टीलाई एक बनाउन कुनैपनि तत्त्वले रोक्न नसक्ने बताउनुभयो ।

    अहिले पनि संघ र प्रदेशको सरकारमा कुनै न कुनै रूपमा एमाले नेतृत्वमा रहँदै आएको भन्दै उहाँले सरकारको नेतृत्वमा बसेका मुख्यमन्त्री, मन्त्रीहरूले जनताले आस गरेको परिणाममुखी कामहरू, जनताले आस गरेको कामहरू गर्नुपर्छ भनेर पार्टी नेतृत्वले सधैँ भन्दै आएको बताउनुभयो । त्यसअनुसार संघ तथा प्रदेश सरकारमा सहभागी मुख्यमन्त्री, मन्त्रीहरूले काम गर्नुपर्ने समेत मन्त्री चौधरीले बताउनुभयो ।

    ‘पूर्व प्रधानमन्त्री एवं हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नुभएको “सुखी नेपाली समृद्ध नेपाल” भन्ने नारालाई सार्थक बनाउनका निम्ति अहिले पनि हामी लागिरहेको छौँ । हामी संघ तथा प्रदेश सरकारमा विभिन्न भूमिकामा रहेका मुख्यमन्त्री, मन्त्रीहरूले पनि त्यसअनुसार भूमिका खेल्न आवश्यक छ’, उहाँले भन्नुभयो ।

    सुनसरी जिल्ला विविधताले भरिएको जिल्ला भएको भन्दै मन्त्री चौधरीले जिल्लामा सर्वसम्मत नेतृत्व चयन गराउन लाग्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन हुँदा कुनै न कुनै रूपमा असन्तुष्टि बढ्ने भएकाले त्यसको अन्त्यका लागि पनि सर्व सहमतिमा जोड दिनुभयो ।

    ‘हामी सम्पूर्ण एक ढिक्का भएर एउटा टिम भएर अगाडि बढ्यौँ भने मलाई लाग्छ हामीले १२ वटै पालिकामा प्रमुख, उपप्रमुख सहित विजय हासिल गर्न सक्छौँ । यदि हामीभित्रै घात र अन्तर्घातलाई अन्त्य गर्न सक्यौँ भने’, उहाँले भन्नुभयो, ‘हामी सँगै बसेको हुन्छौ । तर कताबाट हो घात, अन्तर्घात पनि भइरहेको हुन्छ। त्यसकारण यसलाई अन्त्य गर्नका निम्ति हामी एकजुट हुन आवश्यक छ । हामी एउटै पार्टी हौँ । एउटै पार्टीका व्यक्ति हौँ । यही पार्टीलाई अगाडि बढाउन चाहन्छौँ ।’२०८४ सालमा पहिलो पार्टी बनाउने अभियान पार्टीले लिएको भन्दै मिसन ग्रासरूट हुँदै, झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडि केन्द्रित अभियान सम्पन्न गर्दै अहिले हामी मिसन ८४ को अभियानमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अभियान तब मात्रै सफल हुन्छ । जब हाम्रो जिल्लाले १२ वटै पालिका जिताएर देखाउन सक्छौँ ।’

    शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation