दाङ। दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाईको मृत्यु भएको छ । बबई गाउँ पालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा मंगलबार दुई जनाको मृत्यु भएको हो ।
भारतबाट फुपुको घरमा आएका १८ बर्षीय दिपक परियारको उपचारको क्रममा प्रादेशिक अस्पताल तुलसीपुर र १६ बर्षीय दिपेश परियारको बबई नदिबाट शब निकालिएको तुलसीपुर प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
Advertisement