प्यूठानको नारिकोटमा भएको ट्याक्टर दुर्घटनामा फरार चालक ९ वर्षपछि पक्राउ परेका छन । पक्राउ पर्नेमा गौमुखी गाउँपालिका-७ नारिकोटका ३२ वर्षका जीवन जिसि छन । जिसीलाई फागुन १४ गते प्रहरीले पक्राउ गरेको थियो ।
२०७१ मंसिर १७ गते दुर्घटना भएको लु २ त ९७५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजेन्द्र पुरिको ज्यान गएको थियो। जिल्ला अदालत प्यूठानले चैत १९ गते पुर्पक्षको लागी कारागार पठाईएको प्युठान प्रहरीले बताएको छ।
Advertisement