• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

औषधि व्यवस्था विभागबाट सफल र सम्पन्न आयुर्वेदलाई कारवाही भएन


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई औषधि व्यवस्था विभागले कारवाही नगरी पसल सञ्चालन गर्न अनुमति दिएको  छ । जिल्लाको सदरमुकाम तम्घासको पुरानो बजारमा संचालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई कारवाही नगरी अनुमति दिएको हो ।
    जिल्लाको सदरमुकाम तम्घासको पुरानो बजारमा रमेश अधिकारीले संचालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई जिल्ला प्रशासन कार्यालय गुल्मी छुट्टाछुट्टै एक÷एक लाख रुपैयाँ जरिवाना गरेर थप कारवाहीको लागि औषधी व्यवस्था विभागमा पठाएको थियो । तर, बिभागबाट उक्त आयुर्वेद सञ्चालकले आयुर्वेद सगैसँगै एलोप्येथिक औषधि बेच्नका लागि अनुमति लिएपछि कुनै कारवाही नगरी पसल सञ्चालन गर्ने अनुमति दिएको छ ।
    सफल र सम्पन्न आयुर्वेद पसले क्षेत्र अधिकार भित्र रहेर औषधी बिक्री मात्रै पाउने अनुमती लिएको औषधि व्यवस्था विभागका पानबहादुर क्षेत्रीले बताउनुभयो ।  उनले प्रशासन कार्यालय गुल्मीबाट कारवाही भएको र औषधी व्यवस्था विभागमा पसल दर्ता गर्न आएकाले कारवाही गर्ने अधिकार नरहेको बताउनुभयो ।
     तर उक्त आयुर्वेद पसलले स्वास्थ्य जस्तो संवेदशिल क्षेत्रमा क्षेत्रअधिकार बाहिर रहेर काम गरेको अनुगमनका क्रममा फेला परेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० बमोजिम प्रशासनले कारवाही गरेको थियो । प्रशासनले कारवाही गर्न मिल्ने क्षेत्र अधिकार भित्र रहेर अधिकत्तम कारवाही उक्त पसललाई गरेको हो ।
    १५ माघ २०८० मा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले आयुर्वेद पसल सिल गरेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
    छानबिन समितिले क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई प्रतिवेदन बुझाएका थिए । उक्त आयुर्वेदले आयुर्वेद औषधि मात्र बेच्न पाउने अनुमती पाएकोमा एलोप्येथिक औषधि बिक्री, बिरामीको एक्सरे सेवा तथा भर्ना गरेर समेत बिरामी हेर्ने गरेको पाइएको थियो ।
    गर्न नपाउने कामहरु गरेको उक्त आयुर्वेदलाई बचाउन र कारबाही नगर्न औषधि व्यवसायी संघ गुल्मीले बारम्बार जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुगेर दबाद दिँदै आएको थियो ।
    सफल र सम्पन्न आयुर्वेद श्रीमान् र श्रीमतीको नाममा दुईवटा संचालित भएका थिए । दुवै आयुर्वेद गैरकानुनी ढंगबाट रमेश अधिकारीले संचालन गरेका थिए ।
    बैध पढेका अधिकारीले बिशेषज्ञ डाक्टरले दिने भन्दा बढी सेवा आयुर्वेद पसलको नाममा बिरामीलाई गलत रुपमा दिएका थिए । उहाँले रेसुंगा नगरपालिका वडा नम्बर ८ मा आयुर्वेद पसल र वडा नम्बर ९ मा ल्याब समेत संचालन गर्नुभएको थियो ।
    आयुर्वेद पसल संचालक अधिकारी विभिन्न ठाउँका आठ वटा कोठामा उक्त पसल संचालन गरेका थिए । उनले एक्सरे तापिलो घाममा हेरेर बिरामीलाई परामर्श दिने र उपचार गर्ने गरेको समेत आरोप लागेको थियो ।
    स्थानीयका अनुसार उनले एलोप्येथिक औषधिलाई धुलो बनाएर आयुर्वेदिक भनी बेचेर बिरामीको रोग निको गराउने गरेको आरोप लागेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले आयुर्वेद संचालकलाई दुई लाख जरिवाना गराएपछि आयुर्वेदिक पसल खुलेको थियो ।
    गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले औषधि व्यवस्था विभागको पत्रअनुसार पसल खोलेको बताउनुभयो । उनले ल्याब भने बन्द रहने बताउनुभयो । दक्ष जनशक्ति का साथै अनुमती लिएमा ल्याब संचालन हुने सम्भावना रहेपनि अहिले बन्द नै हुने बताउनुभयो ।

    Advertisement

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै
    राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation