• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

औषधि व्यवस्था विभागबाट सफल र सम्पन्न आयुर्वेदलाई कारवाही भएन


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई औषधि व्यवस्था विभागले कारवाही नगरी पसल सञ्चालन गर्न अनुमति दिएको  छ । जिल्लाको सदरमुकाम तम्घासको पुरानो बजारमा संचालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई कारवाही नगरी अनुमति दिएको हो ।
    जिल्लाको सदरमुकाम तम्घासको पुरानो बजारमा रमेश अधिकारीले संचालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई जिल्ला प्रशासन कार्यालय गुल्मी छुट्टाछुट्टै एक÷एक लाख रुपैयाँ जरिवाना गरेर थप कारवाहीको लागि औषधी व्यवस्था विभागमा पठाएको थियो । तर, बिभागबाट उक्त आयुर्वेद सञ्चालकले आयुर्वेद सगैसँगै एलोप्येथिक औषधि बेच्नका लागि अनुमति लिएपछि कुनै कारवाही नगरी पसल सञ्चालन गर्ने अनुमति दिएको छ ।
    सफल र सम्पन्न आयुर्वेद पसले क्षेत्र अधिकार भित्र रहेर औषधी बिक्री मात्रै पाउने अनुमती लिएको औषधि व्यवस्था विभागका पानबहादुर क्षेत्रीले बताउनुभयो ।  उनले प्रशासन कार्यालय गुल्मीबाट कारवाही भएको र औषधी व्यवस्था विभागमा पसल दर्ता गर्न आएकाले कारवाही गर्ने अधिकार नरहेको बताउनुभयो ।
     तर उक्त आयुर्वेद पसलले स्वास्थ्य जस्तो संवेदशिल क्षेत्रमा क्षेत्रअधिकार बाहिर रहेर काम गरेको अनुगमनका क्रममा फेला परेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० बमोजिम प्रशासनले कारवाही गरेको थियो । प्रशासनले कारवाही गर्न मिल्ने क्षेत्र अधिकार भित्र रहेर अधिकत्तम कारवाही उक्त पसललाई गरेको हो ।
    १५ माघ २०८० मा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले आयुर्वेद पसल सिल गरेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
    छानबिन समितिले क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई प्रतिवेदन बुझाएका थिए । उक्त आयुर्वेदले आयुर्वेद औषधि मात्र बेच्न पाउने अनुमती पाएकोमा एलोप्येथिक औषधि बिक्री, बिरामीको एक्सरे सेवा तथा भर्ना गरेर समेत बिरामी हेर्ने गरेको पाइएको थियो ।
    गर्न नपाउने कामहरु गरेको उक्त आयुर्वेदलाई बचाउन र कारबाही नगर्न औषधि व्यवसायी संघ गुल्मीले बारम्बार जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुगेर दबाद दिँदै आएको थियो ।
    सफल र सम्पन्न आयुर्वेद श्रीमान् र श्रीमतीको नाममा दुईवटा संचालित भएका थिए । दुवै आयुर्वेद गैरकानुनी ढंगबाट रमेश अधिकारीले संचालन गरेका थिए ।
    बैध पढेका अधिकारीले बिशेषज्ञ डाक्टरले दिने भन्दा बढी सेवा आयुर्वेद पसलको नाममा बिरामीलाई गलत रुपमा दिएका थिए । उहाँले रेसुंगा नगरपालिका वडा नम्बर ८ मा आयुर्वेद पसल र वडा नम्बर ९ मा ल्याब समेत संचालन गर्नुभएको थियो ।
    आयुर्वेद पसल संचालक अधिकारी विभिन्न ठाउँका आठ वटा कोठामा उक्त पसल संचालन गरेका थिए । उनले एक्सरे तापिलो घाममा हेरेर बिरामीलाई परामर्श दिने र उपचार गर्ने गरेको समेत आरोप लागेको थियो ।
    स्थानीयका अनुसार उनले एलोप्येथिक औषधिलाई धुलो बनाएर आयुर्वेदिक भनी बेचेर बिरामीको रोग निको गराउने गरेको आरोप लागेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले आयुर्वेद संचालकलाई दुई लाख जरिवाना गराएपछि आयुर्वेदिक पसल खुलेको थियो ।
    गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले औषधि व्यवस्था विभागको पत्रअनुसार पसल खोलेको बताउनुभयो । उनले ल्याब भने बन्द रहने बताउनुभयो । दक्ष जनशक्ति का साथै अनुमती लिएमा ल्याब संचालन हुने सम्भावना रहेपनि अहिले बन्द नै हुने बताउनुभयो ।

    Advertisement

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation