• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

निःशुल्क महिनावारी शिविरले विपन्नलाई राहत


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • बुटवल। सालझण्डी माध्यमिक विद्यालय सैनामैना–१० झिमझिमियाँ रुपन्देहीमा महिनावारी समस्या, स्तन तथा पाठेघर चेकजाँच सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरले विपन्नलाई राहत भएको छ ।
    शनिवार सेवा संचार, सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जालले अभियानको ११ औँ स्थापना दिवसको अवसरमा शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष एवं सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता गंगा खड्काले जानकारी दिइन् ।
    विद्यालयमा रहेका छात्रा र उनीहरुका अभिभावकहरुलाई लक्षित गरेर संचालन गरिएको उक्त शिविरबाट एक सय बढी जनाले सेवा लिएका छन् । गाउँमै पहिलोपटक संचालन भएको महिनावारी स्वास्थ्य शिविरले राहत मिलेको झिमझिमियाँकी स्थानीय २८ वर्षिय सिता विकले प्रतिक्रिया दिइन् । महिनावारी अनियमित भएर जाँच्न आएकी उनले विशेषज्ञ डाक्टरहरुलाई भेटेर समस्या राख्न पाउँदा धेरै खुसी मिलेको बताइन् ।
    यस गाउँमा करिव ७० प्रतिशत जनजाती र दलित समुदायको बाहुल्यता रहेको विद्यालयका प्रधानाध्यापक खडानन्द घिमिरेले जानकारी दिए । सैनामैना नगरपालिकाभित्र सवैभन्दा दुर्गम क्षेत्रमा उक्त विद्यालय रहेको समेत उनको भनाई छ ।
    शिविरमा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बुटवलले प्राविधिक सहयोग गरेको थियो । अस्पतालका महिला तथा प्रसुती रोग विशेष डा.सरस्वती श्रेष्ठ र स्तन क्यान्सर रोग विशेषज्ञ डा.संजय पाण्डेले विरामीको चेकजाँच गरेका हुन् । सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविरमा सहयोग गरिदै आइरहेको अस्पतालका संचालक बसन्त जिसीले जानकारी दिए।
    सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले महिनावारी भएको बेला अझैपनि कतिपय ठाउँमा विद्यालयका छात्रा र महिलाहरुले खुलेर आफ्ना समस्या नराख्ने हुँदा क्यान्सर जस्तो प्राणघातक रोगको शिकार हुने गरेको देखिएको बताइन् । उनले यस्ता सामाजिक अभियन्ता र कार्यक्रमहरुको माध्यमबाट उक्त समस्यालाई कमी गर्न सघाउ पुग्नेमा विश्वास समेत व्यक्त गरिन् ।
    २०७० सालदेखि गुल्मीको मालिका गाउँपालिकाको छापहिलेबाट शुरु गरिएको सुरक्षित महिनावारी राष्ट्रिय अभियानले विद्यालयका हजारौँ छात्राहरुलाई महिनावारी भएको बेला गरिने सावधानी र सुरक्षाको बारेमा जनचेतना दिएको अभियन्ता गंगा खड्काले बताइन् ।

    Advertisement

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • २.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ४.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ५.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ६.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ७.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ८.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...