दाङ। दाङमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
Advertisement
दुर्घटनामा परी गम्भीर घाईते भएका प्युठानको झिम्रुक गाउँपालिका-४ बाङ्गेका १७ वर्षिय बिशाल जिसी र नौबहिनी गाउँपालिका ६ लुङका १८ वर्षका सागर केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारको क्रममा मृत्यु भएको हो ।
गएराती सवा १० बजेतिर घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही-१० झारबैरा चोकमा दुर्घटना भएको हो ।