गुल्मी । नेपाली काँग्रेस गुल्मीले युवा उद्यम सञ्चालन गर्ने भएको छ । काँग्रेस गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा मंसिर ९ र १० गते भएको दोस्रो जिल्ला सम्मेलनले आगामी एक वर्षमा गरिने योजनाहरुमा युवा उद्यम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । पछिल्लो समय बढ्दो बैदेशीक रोजगारीले युवाहरु पलायन हुने अवस्था आएकाले स्वदेशमै युवाहरुलाई यवा उद्यमबाट रोजगार दिलाउनको निम्ती काँग्रेस गुल्मीले युवा उद्यम सञ्चालन गर्ने योजना बनाएको हो ।
सम्मेलनबाट बैठक, लेबी, प्रशिक्षण, सबै शाखा विस्तार र प्रशिक्षण गर्ने योजना बनाएको नेपाली कांग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले बताए ।
एक वर्षको योजना अन्तर्गत पार्टीका दिवसहरु मनाउने र युवा सम्मेलन गर्ने योजना बनाएको छ । त्यस्तै ‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’ अभियान अन्र्तगत वडा र टोल प्रशिक्षण गर्ने योजना बनाएको सचिव खड्काले बताए ।
सम्मेलनमा १ हजार ७ सय प्रतिनिधि मध्ये १ हजार ४ सय जना सहभागी रहेका थिए । दोस्रो जिल्ला सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न भएको पार्टी सभापति खिलध्वज पन्थीले बताए ।
सम्मेलन भावी कार्ययोजना बनाउन महत्वपूर्ण बनेको पन्थीको भनाइ छ । सम्मेलनमा विगतको समिक्षा सहितको प्रतिवेदन प्रस्तुत गरिएको काँग्रेस गुल्मीले जनाएको छ ।
गुल्मी कांग्रेसले युवा उद्यम सञ्चालन गर्ने
गुल्मी कांग्रेसले युवा उद्यम सञ्चालन गर्ने
Advertisement
तपाईको प्रतिक्रिया