दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
जिल्लाको शान्तिनगर गाउँपालिका ५ रतभटुवामा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जना मध्य चालकको उपचारका क्रममा मृत्यु भएको छ । स्थानिय १४ वर्षिय सुनिल बिकको उपचारका क्रममा बुधबार बिहान १० बजेतिर नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।
त्यस्तै मोटरसाइकलमा सवार शान्तिनगर ५ काशीपुर बस्ने २५ वर्षिय अजय चौधरीको बाँकेमा उपचार भैरहेको प्रहरीले बताएको छ । उनीहरु दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगंज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । दक्षिणबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ४३२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई मोटरसाईकल मंगलवार दिउँसो साढे ४ बजेतिर पल्टिएको थियो ।