दाङ। सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुर देखि सल्यान जयचौर तर्फ जादै गरेको बस कपुरकोट गाउँपालिका – ३ बनस्पति नजिकै दुर्घटना भएको हो।
Advertisement
दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६ की ४० वर्षीया अनिता बोहरा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नविन कार्कीले जानकारी दिए । कार्कीका अनुसार दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको छन् र घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।